मगर संघ अमेरिकाले देउसी भैलो कार्यक्रम गर्दै

Read Time:4 Minute, 19 Second

देउसी भैलो कार्यक्रम २०१२ बारेमा बिशेस जानकारी

जीवनको बाँकी यात्राको बाटो फराकिलो पार्न  र उज्ज्वल भविष्यको लागि बौदिक र भौतिक नंग्रा तिखार्दै प्रदेशी भूमिलाई आफ्नो कर्मथलो स्वीकार गरि अमेरिकामा बसोबास गरिरहनु भएका सम्पूर्ण नेपाली अग्रज समाज सेवी, बुध्दिजीबी, ब्याबसायी, संचारकर्मी, कलाकार तथा बिधार्थी लगायत सम्पूर्ण हाम्रा शुभ-चिन्तक ज्युहरु,

झोर्लांग, झोर्ले अनि नमस्कार !! 

सर्बप्रथम शुभ दिपावली २०१२ को अबशरमा यहाहरुको सु-स्वास्थ्य तथा सुख, शान्ति र समृध्दी एबम उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना !!

हामी हाम्रो जन्मभूमि बाट टाढा भएको मात्र छैनौ, बिस्तारै बिस्तारै हाम्रो रिति-रिवाज, परम्परा र मौलिक सस्कृतिहरुबाट बिरानो त बन्दैछौ, अझ हाम्रा मौलिक सस्कृतिहरु बाट हाम्रै नया पुस्ता (नया पिंढीहरु) लाई अपरिचित बनाउछौ कि ? भन्ने प्रश्न उठी रहन्छ ।  यो सवाललाई अझ गहन रुपमा बिस्लेशन गर्दै हाम्रो मौलिक सस्कृति संरक्षण र सम्बर्दन गर्ने आफ्नो कर्तब्य बोध गर्दै “मगर संघ अमेरिका”ले  तपाई हाम्रो बिशेष पर्ब “शुभ दिपावली २०१२” को अबसरमा नेपाली मौलिक परम्परागत रुपमा “देउसी भैलो” खेल्न (संचालन गर्न) लागेको जानकारी गराउदछौ । हामी येस्तई गर्छौ भनेर प्रतिबध्दता गर्दैनौ तर अत्यन्तै ठेट नेपाली सस्कृति झल्कने गरि देउसी भैलो कार्यक्रम संचालन गर्ने भरपुर प्रयत्न गर्दैछौ । प्रदेशको ब्यस्त जीवन र यहाको बसोबास सैली लाई मध्यनजर गर्दै ज्याक्सन हाईट क्षेत्रका नेपाली ब्यबसायी (ब्यबसाय) ज्युहरुको मा घरदैलो देउसी भैलो स्वरूप यहाहरुको ब्याबसाय संचालित ठाउँ अथवा कार्यालयमा यहि आउने आइतबार, नोभेम्बर ११ तारिक दिउसोको १२ बजे देखि साँझ ६ बजे भित्र देउसी भैलो खेल्न आइपुग्ने जानकारी पत्र पठाई सकेका छौ  l  यदि कसैकोमा पत्र पठाउन छुट्न गएको भए हामी क्षमा प्राथी चाहदै यसै सूचनालाई जानकारीको रुपमा बुझी दिनु हुन हार्दिक हार्दिक अनुरोध गर्दछौ । हाम्रो प्रदेशी बसोबास सैलिको कारण घरदैलो देउसी भैलो घर घर (Residency Apartment) मा खेल्दा छर छिमेकमा पर्न सक्ने अप्ठ्यारोलाई मध्यनजर गर्दै हाम्रो सम्पूर्ण शुभचिन्तकज्युहरुसंग सोहि दिन आइतबार, नोभेम्बर ११, २०१२, साँझको ७:०० बजे देखि १०:०० बजेसम्म नोर्लिङ रेस्टुरेन्ट, ज्याक्सन हाईटमा छोटो एकीकृत “देउसी भैलो कार्यक्रम २०१२” आयोजना गरिएको जानकारी गराउदै सम्पूर्ण नेपाली अग्रज समाज सेवी, बुध्दिजीबी, ब्याबसायी, संचारकर्मी, तथा हाम्रा शुभचिन्तकज्युहरुलाई कार्यक्रममा उपस्थितिको लागि “मगर संघ अमेरिका” हार्दिक निमन्त्रणा  गर्दछ ।

 देउसी भैलो कार्यक्रम २०१२

मिती : आईतवार, नोभेम्बर ११, २०१२

समय : साँझको ७:०० बजे देखि १०:०० बजेसम्म 

स्थान : नोर्लिङ रेस्टुरेन्ट, ७४-१५, रुज्भेल्ट एभेन्यु

ज्याक्सन हाईट, न्युयोर्क-११३७२
धन्यबाद

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %