हिमाली अर्गनाइजेशन यू के का सचिव पुनलाई सम्मान

Read Time:1 Minute, 0 Second

हंगकंग आएका हिमाली अर्गनाइजेशन यू के का सचिव तथा आदिवासी जनाजति महासंघ हंगकंगका पूर्व अध्यक्ष नारायण किशोर पुन मगरलाई नेपाली समाज हंगकंगले सम्मान गरेको छ । किरात धर्म तथा साहित्य उत्थानको कार्यालय हलमा आयोजित सम्मान कार्यक्रममा पुन मगरले हिमाली अर्गनाइजेशन यू के को गतिविधिबारे जानकारी गराएका थिए ।
अध्यक्ष एम बि थापा मगरको अध्यक्षतामा सचिव भिम थापा मगरको सञ्चालनमा तथा उपाध्यक्ष धर्मसिंग गुरुङले स्वागत मन्तब्य दिएका थिए । सल्लाकार प्रेम गलामी मगरले सम्मान गरेका थिए । अध्यक्ष एम वि थापा मगरले बधाई दिदै हिमाली अर्गनाइजेशन यू के ले सराहनीय काम गरेको बताए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %