विद्यालयलाई खेल सामग्री हस्तान्तरण

Read Time:4 Minute, 59 Second

दीपा आले
नेपालगन्ज १६ कार्तिक, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक विक्रम सिंह थापाले खेलाडीको कुनै पनि जात, धर्म, भेष नहुने भन्दै खेल र खेलाडीको माध्यमबाट  गलतबाटोमा लागेका समूहलाई पहिचान गरी सही बाटोमा ल्याउन सकिने बताउनु भयो ।

क्रियटिभ ह्याण्ड्सको आयोजनामा बाँकेको सितापुर गाविसमा आयोजना गरिएको विभिन्न विद्यालय तथा क्लबहरुलाई खेल सामग्री हस्तान्तरण तथा शुभकामना आदान प्रदान कार्याक्रममा प्रहरी उपरिक्षक थापाले यस्तो कुरामा बताउनु भएको हो ।

उहाँले खेल र खेलाडीले देश चिनाउनमा महत्वपूर्ण योगदान गर्ने बताउदै देशको सम्पत्ति र सपुतको रुपमा खेलाडीलाई पहिचान दिनुका साथै समाजमा शान्ति स्थापना गर्न प्रहरी कहिल्यै पनि पछि नहटने बताउनु भयो ।
क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले खेल तथा खेलाडी उत्पादन गर्ने उर्वरा भूमि शहर नभई गाउँ भएपनि श्रोत साधनको अभावमा खेल खेल्न नसक्ने भएको हुँदा आफूहरुले गाविसका विद्यालयलाई खेल सामग्री हस्तान्तरण गरेको बताउनुभयो । उहाँले ग्रामिण क्षेत्रमा खेलको धेरै नै सम्भावना भएको हुँदा यी क्षेत्रहरुमा स्पोर्टस एकेडेमी स्थापना गर्न आफूहरुले पहल गरिरहेको जानकारी दिनुभयो । 
जिल्ला शिक्षा कार्यालयका प्रमुख भक्त बहादुर ढकालले विद्यालयमा शिक्षा संगसंगै अतिरिक्त क्रियाकलाप गर्न सके विद्यार्थीको भविष्य उज्ज्वल हुने बताउंदै यसतर्फ शिक्षा मन्त्रलायको ध्यान जानु पर्ने बताउनु भयो ।
कार्यक्रममा बाँकेको सितापुुर, राधापुर, बागेश्वरी र उढरापुर गाविसका ४ वटा प्रावि, ५ वटा स्पोर्टस क्लब, ७ वटा मावि र ३ वटा उमाविलाई भलिबल ३१ वटा, फुटबल ७ वटा र नेट ८ वटा हस्तान्तरण गरिएको हो । करिब ६५ हजार बराबारको खेल सामग्री नेपाल भलिबल संघ र एभरेष्ट बुक्स एण्ड स्र्पोट्स प्रालिले सहयोग गरेको थियो ।
 उक्त खेल सामग्री जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विक्रम सिंह थापा, जिल्ला शिक्षा कार्यालयका प्रमुख भक्त बहादुर ढकाल, नेपाल पत्रकार महासंघका अध्यक्ष शुक्रऋषि चौलागाई, सितापुर गाविसका पूर्व गाविस अध्यक्ष मान बहादुर ओली, नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव उमा थापा मगर र जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति टंक दाहालले संयुक्त रुपमा क्लब तथा विद्याल्यका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको हो ।
खेल सामग्री हस्तान्तरण गरिएका विद्याल्य तथा क्लबहरु गुराँसपुर प्रावि, पशुपति प्रावि, ज्ञानेदय प्रावि, शिव प्रावि, श्री योगिनी उमावि, ज्ञानोदय उमावि, शुक्र मावि, जनता उमावि, अमर मावि, मैटहवा मावि, जनसेवा मावि, भानु मावि, धु्रवतारा मावि, गुराँस चाइल्डउड मावि, सिर्जना युवा क्लब, शान्ति स्पोर्टस क्लब, चन्द्रज्योति स्पोर्टस क्लब, जयकिशान स्पोर्टस क्लब र युथ युनियन क्लब रहेका छन् ।
नेपाल क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शुक्र ऋषि चौलागाई, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष उमा थापा मगर, सितापुर गाविसका पूर्व अध्यक्ष मान बहादुर ओली, श्री योगिनी उमाबिका अध्यक्ष यम बहादुर महतारालगायतले बोल्नु भएको थियो । भने कार्यक्रम सञ्चालन क्रियटिभ ह्याण्डसका सचिव भिम ओलीले गर्नु भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %