लमजुङ , १५ कार्तिक
लमजुङ सदरमुकाम वेसीशहरस्थित अदर्श महिला तथा बाल विकास केन्द्रमा बस्दै आएका दुई जना द्धन्द्धपीडित बालिकाहरु बेपत्ता भएकाछन् ।
वेसीशहरको विद्याविकास उच्च मावि कक्षा २ मा अध्ययनरत मनिषा परियार र सुनिता गिरी विद्यालयवाट केन्द्रमा फर्कने क्रममा हिजो दिउँसोदेखि बेपत्ता भएका हुन् ।
उदिपुर घर भएकी आठ बर्षिया मनिषा र तान्द्राङ–टक्सार घर भएकी सुनितालाई खोजी गर्दा पनि नभेटिएको केन्द्रकी सचिव हुमा गुरुङले जानकारी दिए ।
द्धन्द्धकालमा आफन्त गुमाएका यी दुई बालवालिकाहरु विगत ५ बर्षदेखि केन्द्रको संरक्षण गृहमा बस्दै आएका छन् । वालवालिकाहरु विद्यालयवाट आधा वाटो सम्म आएको थाहा भएको र त्यस पछिको अवस्था थाह नभएको केन्द्रले जनाएको छ ।
केन्द्रको संरक्षण गृहमा अहिले १९ जना द्धन्द्धपीडित वालवालिकाहरु वस्दै आएका छन् ।
संरक्षण गृहवाटै दुई वालिका वेपत्ता
Read Time:1 Minute, 18 Second