२२७४ औ शस्त्र-परित्याग दिवस ‘बिजय दशमी’ मनाईयो

कार्तिक ८, बौद्ध काठमाण्डौ, महान धर्म राजा सम्राट अशोकाले आस्त्र परित्याग गरी धम्म बिजय प्राप्त गरेको “बिजय दशमी” पर्वको अवसरमा बौद्ध स्तुपा परिसरमा एक औपचारिक कार्यक्रमको बिच सम्पन्न भएको छ । थेरवाद बौद्ध दायक केन्द्रिय परिषद् र बौद्ध घ्याङ गुठिको संयुक्त पहलमा बौद्ध स्तुपा स्थित बौद्ध घ्याङ गुठि परिसरमा यो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बौद्ध धर्म संघ सम्बन्धित बिभिन्न संघ साँस्थाको प्रतिनिधीहरुको उपास्थिती रहेको थियो भने पाटन र भक्तपुरबाट बौध धर्मवलम्बिहरुको उपास्थिती रहेको थियो । इशा पूर्व २५६ मा अशोक महाराजलाई युद्ध देखि घिर्णा लागेर सम्पुर्ण शास्त्र युद्ध त्याग्नु भयो र आफूले आँफैलाई धर्म युद्धमा जित्नु भयो त्यहि दिनलाई बिजया प्राप्ती मानेर खुशियाली मानेको दिनलाई बिजय दशमी पर्व भनेर मान्दै आएको छ । सम्राट अशोक बौद्ध धर्ममा प्रबेस गरेका दिन आश्विन शुक्ला दशमी तिथीका दिन थिए l
आजको यस कार्यक्रमको अवसरमा अतिथी वक्तहरुले देवताको नाममा दिने पशु वलि प्रथा र वास्तबिक बिजय दशमीको बारेमा अ-आफ्नो धाराणा राख्नु भएको थियो । कार्यक्रमलाई सफल बनाउन पाटन, भक्तपुर र काठमान्डौका बिभिन्न स्थानहरुबाट
बौद्ध धर्मवलम्वी नेवार समुदायहरुको बाक्लो उपास्थिती रहेको थियो। यसै अवसरमा भक्तपुरबाट आएको कलाकारहरुले दशै आयो दसा आयो लखेटी लखेटी पशु पंछिको हत्य गरियो भन्ने गितको बोल रहेको ह्रिदयबितरक गाना पनि प्रश्तुत गरेका थिए । यो पर्वलाई अगामी दिनहरुमा अझ सशक्त र ब्यवस्थित ढंगले देशब्यापी मानाउनु पर्ने कुरा आयोजक साँस्थाले सबैमा अपिल गरेका थिए।

फोटो भिडियो: छिरिङ तेन्जिङ् शेर्पा।

{youtube}http://www.youtube.com/embed/2JA7gevejco{/youtube}