गणेश गुरुङ
जर्मनी, २१ अक्टुबर २०१२ को दिन हिमालयन फुड हाउस (याक एण्ड यति) म्युनिखमा च्यारिटी डिनर कार्यक्रम भब्य रुपमा सम्पन्न भयो l थामे गुम्बा e.V. का संयोजक तेंजिग दोर्जे सेर्पाको सक्रियतामा भएको उक्त कार्यक्रममा नेपाल जनजाती समाज e.V. जर्मनीको पनि बिशेष भूमिका रहेको थियो l
नेपालको सोलु जिल्लाको थामे गुम्बा ४ हजार फिटको उचाइमा पर्छ l यो महायानी बौध धर्म सम्प्रदायको सबै भन्दा पुरानु गुम्बाहरु मध्येमा एक हो l यो गुम्बामा ध्यान र साधना गर्ने साधक लामाहरुलाई राम्रो भोजनको सुबिधा मिलाउन आर्थिक सहयोग जुटाउने उदेस्यले आयोजन गरिएको उक्त च्यारिटी डिनर कार्यक्रममा नेपाली कला र सस्कृति प्रेमी जर्मन नागरिकहरुको राम्रो संख्यामा उपस्थिति थियो l
पेसाले ग्राफिक ईन्जिनियर मुनिख बासि बिमल नोएमानले नेपाली गीत र इस्ट- वेस्ट म्युजिक प्रस्तुत गरेका थिए l आफ्नै रचना र संगीतमा लेट्स वोर्क टूगेदरू, इट ईज टाइम टू सेयर जस्ता गीतहरुमा मधु नोएमानले सितार र संगीतकार हमिदोले गिटार बजाएर साथ दिएका थिए l जनजाती कलाकारहरुले लिम्बु, गुरुङ, सेर्पा र मगर भाषाका गित र नृत्यहरु प्रस्तुत गरेर आफ्नु सस्कृतिको परिचय दिए l नाजिनी सुब्बाको “रुम्जाटारको ढाका टोपी” बोलको नृत्यमा सबै झुमेर नाचेका थिए l सुद्द साकाहारी भोजनको सबैले प्रसंसा गरेका थिए l थामे गुम्बाको भिडियो परिचय बाट सुरु भएको उक्त कार्यक्रममा तिन लाख पचास हजार बराबरको चन्दा रकम संकलन भएको थियो l