हाउस फुलका साथ मगर संघ हंगकंगको अरुण स्मृति साझ तेस्रो सम्पन्न

Read Time:1 Minute, 31 Second

मगर संघ हंगकंगले आयोजना गरेको अरुण स्मृति साझ युनलोङ थेटर हलमा २१ अक्टोबरका दिन सम्पन्न भयो । हलमा दर्शकको उपस्थिति हेर्दा सायद हंगकंगमा भएको सास्कृतिक कार्यक्रममा यस भन्दा पहिला यस्तो सफलतापूर्वक सम्पन्न भएको थिएन । दर्शकहरुको भिडलाई देखेर अध्यक्ष चन्द्र ज्योति आले मगरले गौरवतापर्वक प्रसन्न हुदै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक तथा भौतिक सहयोग गर्ने सवै महानुभाबहरुलाई सम्बोधनको क्रममा धन्यबाद दिएकी थिइन । महासचिब बोध बिक्रम थापा मगरले छोटो औपचारीक कार्यक्रम सञ्चालन गरेका थिए ।   
अरुण थापा मगरको गीत गाएर दर्शकहरुलाई स्वागत गरी सास्कृतिक कार्यक्रम शुरु गरीएको थियो । कार्यक्रम सफल पार्न नेपालबाट गायकहरु हेमन्त राना मगर, जगत राना मगर र लोक दोहरी गायक अर्जुन थापा मगर र चर्चित हास्यकलाकर विल्सन विक्रम राई (तक्मेबुढा) साथै लोक दोहरी गायिका सिता थापा मगर र स्मृति पुन मगर आएका थिए । हंगकंगका स्थानीय कलाकारहरुको पनि सहभागिता रहेको थियो l

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %