आदिवासी जनजाति महासंघ हंगकंगमा पुनः दर्लामी मगर

 
आदिवासी जनजाति महासंघ हंगकंगको छैटो अबिधेशनले पुन एम वि थापा मगरको नेतृत्वमा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । याउ मा तेइ कम्यनिटी हलमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति संघर्ष सहयोग समितिका संयोजक भक्त दुरा प्रमुख अतिथि रहेका थिए । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए । अध्यक्ष एम वि थापा मगरको अध्यक्षतामा महासचिब पासाड. शेर्पाले सञ्चालन गरेका थिए ।

कार्य समिति निम्न रहेको छ :

(अध्यक्ष :  एम बि थापा दर्लामी मगर 
()  उपाध्यक्ष:  दुर्गा गुरुङ
(महासचिव: हस्तमास्वा
()  सचिव: विमलराइ
(कोषाध्यक्ष : भवेस घिसिंग लामा
(सहकोषाध्यक्ष : मधु कुमार राइ
(सदस्य :  माणिकलाल श्रेष्ठ
(सदस्य :  हर्क नारायण तुलाचन
(सदस्य :  नरेश कुमार सुनुवार
(१०सदस्य :  निमा दोर्जी शेर्पा
(११सदस्य : कमल दुरा
(१२)  सदस्य : किसन राइ
(१३सदस्य : बिष्णु थापा मगर
 
(१४पदेन सदस्य : विजय प्रकाश लिम्बु (नेपाल आदिवासी जनजाती युवा संघ हंगकंग)