लेक लागेर भरियाको मृत्यु

म्याग्दी (बाबियाचौर), १५ कात्तिक 

राउन्ड धौलागिरि पदमार्गमा एकजना भरियाको लेक लागेर मृत्यु भएको छ ।

मुस्ताङको मार्फादेखि बेल्जियमका पर्यटकको भारी बोकेर धौलागिरि पदमार्ग हुँदै म्याग्दी आउने क्रममा सोलुखुम्बुका ३२ वर्षीय कुमार श्रेष्ठको गएराति लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शिवबहादुर बल्छौडीले जानकारी दिए ।

    मृतकको शव पोष्टमार्टमका लागि हेलिकोप्टरमार्फत काठमाडाँै पठाइएको छ । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %