सङ्घीय लोकतान्त्रिक मोर्चा, नेपाल
केन्द्रीय कार्यालय, बालकुमारी, ललितपुर
पत्र संख्या :
मिति : असोज ३० गते २०६९
प्रेश बक्तव्य
झापा जिल्लाको केर्खा स्थित राजमार्गमा खसक्षत्री एकता समाजका नेता तथा कार्यकर्तामाथि भएको हिंसात्मक एवं साँघातिक हमलाप्रति हाम्रो मोर्चाको गम्भिर रुपमा ध्यान आकर्षण भएको छ र हामी त्यस्तो कार्यको घोर निन्दा र भत्सर्ना गर्दछौं । साथै, हामी ती आक्रमणकारीहरुलाई अविलम्व न्यायको कठघरामा उभ्याइ कडाभन्दा कडा सजाय दिन नेपाल सरकारसंग माग पनि गर्दछौं ।
(………………………….)
परशराम तामाङ
प्रबक्ता,
सङ्घीय लोकतान्त्रिक मोर्चा, नेपाल
सम्पर्क फोन नं. ९८५१०६४७७९