नक्कली सञ्चालक पक्राउ परे

Read Time:1 Minute, 15 Second

काठमाडौँ, १५ कात्तिक 

इन्टल फाउन्डेसन फर हेल्थ एन्ड मेडिकल साइन्सको नाममा भएको घरजग्गा नक्कली सञ्चालक बनाई बिक्री गर्न खोज्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डा देवीप्रसाद भुसाल र खगेन्द्र पुन रहेका छन् ।

  उनीहरुले सञ्चालक नै नभएका खगेन्द्र पुनलाई सञ्चालक बनाई नेपाल सहकारी संस्थाको नतिरेको ऋण तिरेको देखाई जग्गा ुकुवा गरी मालपोत कार्यालय चितवनबाट एभरेष्ट इन्स्टिच्युट अफ हेल्थ एन्ड मेडिकल साइन्सको नाममा जग्गा राजीनामा पारित गरी नेपाल सहकारी संस्थाबाट रु १४ करोडमा दृष्टिबन्धक धितो राखी उक्त रकम ठगेको प्रमाणको आधारमा महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको  हो । डा देवीप्रसाद भुसाल शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा कार्यरत छन् ।

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %