काठमाडौँ, १३ असोज । एकीकृत नेकपा माओवादी सहित ११ वटा राजनीतिक दलले जारी निर्वाचन प्रक्रियाबाट प्रधानमन्त्री छनोट हुन नसकी राजनीतिक गतिरोध कायम रहेको अहिलेको स्थितिमा आफ्नो उम्मेदवारी फिर्ता लिई नयाँ शिराबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने काममा सहयोग पु¥याउन नेपाली काँग्रेससँग अनुरोध गरेका छन् ।
  
    ती दलहरूले आज संयुक्त प्रेस वक्तव्य प्रकाशित गरी प्रधानमन्त्री निर्वाचनको जारी प्रक्रियालाई अन्त्य गरी नियमावलीअनुसार नयाँ उपयुक्त प्रक्रिया अघि बढाउनका लागि पहल गर्न पनि सभामुखसँग आग्रह गरेका छन् । 
एनेकपा (माओवादी) संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा संविधानसभामा प्रतिनिधित्व गर्ने नेकपा (एमाले), मधेसी जनअधिकार फोरम, नेपाल, नेकपा (संयुक्त), नेकपा (माले–समाजवादी), नेपाल सद्भावना पार्टी (आनन्दीदेवी), नेपाली जनता दल, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा एकीकृत, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाः राष्ट्रिय पार्टीका नेताहरू सहभागी थिए । रासस
