बिजय हितान
नेपाल आदिबासी जनजाति महासघ बेलायतको दोस्रो बैठक गतसाता सनिबार १३ अक्टोबरको दिन ह्यारो, लन्डनमा सम्पन्न भयो । उपाध्यक्ष नर बहादुर गुरुङले स्वागत मन्तब्य र महासचिव नरेश काङ्माङज्युले सन्चालन गर्नुभएको थियो । महासघका अध्यक्ष श्री लिम्बूको सभापतित्वमा बसेको यस बैठकले सङठनात्मक बिषयहरू र आगामी बर्षमा गरिने कार्ययोजनाको बारेमा ब्रिस्तित छलफल गर्यो।
सहिद कुनै जात तथा बर्गको नरहीएक सिंगो राष्ट्रको बिभुती हो भन्ने तत्थ्यलाई मनन गर्दै अब देखी नेपालको प्रथम शहिद लखन थापामगर दिवश आदिबासी जनजाति महासंघ वेलायतको तत्वधानमा मनाइने निर्णय पनी यस बैठकमा भयो । स्मरण रहोस, यस बिषयमा, पहिलोअर्थात सँस्थापक कार्य समितीको पालामै ब्रिस्तित छलफल गरी टुङ्गोमा पुगिएको थियो । अब आउने १३६ औं सहिद लखनदिवस सनिबार ९ फेब्रुअरी २०१३ को दिन फार्नबरोमा मनाइने छ ।
अर्को महत्वपुर्ण छल्फलको बिषयमा, बिशेष त, हालै नेपालका आदिबासी जनजाति र मधेसी नेताहरूले सङ्घियराज्यको सवालमा आ-आफ्ना पार्टीहरू त्यागी नयाँ पार्टी निर्माणको अबधारणा बनाएकोमा यस बैठकले पूर्णरुपमा स्वागत गर्दै भबिस्यमा आवस्यक सहयोग उपलब्ध गराउने प्रतिबध्धता ब्यक्त गर्यो । नेताहरुले गरेको पार्टी परित्यागलाई उच्च मुल्यांकनगर्दै महासंघले प्रेस विज्ञप्ति निकाल्ने निर्णय गरेकोछ । यसैसन्दर्भमा महासंघले कुटनितिक निकाय मार्फत नेपाल सरकारलाई एकल पहिचान सहितको संघियराज्य निर्माणको लागि समय अनुकुल ज्ञापन पत्रहरु बुझाउदै जाने बिषयमा निर्णय भयो । नेपालि राजनीतिक छितिजमा यस्तोमहत्वपुर्ण परीवर्तनलाई मध्यनजर राख्दै महासंघले अग्रगामी समुह निर्माणकोलागि डिसेम्बर २२शनिवारको दिन फेरिअर्को बैठक बस्ने सर्वसम्मतद्वारा पारित गरेको छ ।वेलायतको लागि नेपाल राजदुतावासले दशै, तिजजस्ता चाडपर्वको आयोजना गरि मनाउदै आईरहेकोत तपाईं हामि सबैलाई बिधितै छ । तर नेपालि आदिबासी जनजातिको बाहुल्य रहेको बेलायतमा आदिवासीहरुले मनाउने चाडपर्ब र दिवसहरू किन आयोजना गरि मानाइदैन भन्ने प्रश्न स्वारुप महासँघले दुताबासमा ज्ञापनपत्र बुझाउने आवसेक्ता पनि देखेको छ ।
सङठन बिस्तार गरिने क्रममा महासंघको सस्थापक् तथा निबर्तमान अध्यक्ष थर्क रानामगर, निबर्तमान उपाध्क्ष गंगादेवी राई, कानुनि सल्लाहकार चण्डिराज राई, लाल छन्त्याल, गणेश ईजम, प्रोफेसर नारायण गुरुङ्ग, डा।चन्द्र गुरुङ्ग, डा. चजिन्द्रराना लाई सल्लाहकारमा प्रस्ताव गरिएको र आवश्यक भएमा अन्य सल्लाहकारहरु थपदै लैजाने निर्णय पनि भएको छ । महासंघको केन्द्रिय समितिमा महिलाहरुको आवश्यक्ता ठानी कमला थापा र शशी थापा सुब्बालाई मनोनित गरिएको छ भने महिला विभाग गठनको संयोजक कमला थापालाई दिइएको छ। उहाँको संयोजनमा डिसेम्बर २२ तारिक शनिबारको दिन महिला बिभाग गठन गर्ने निर्णय गरिएको छ ।
बेलायतका ११ आदिबासी जनजाति सङठनहरू आबद्द रहेकोयस महासघमा मगर्संघ, तमु धि,हेल्मो, किरात राई आयोक्खा, किरात याक्थुङ चुम्लुङ, तामाङ् समाज, तामाङ् घेदुङ, छन्त्याल समाज, दुरा समाज गरि ९ सङठनका प्रतिनिधिहरूको बैठकमा उपस्थिती थियो । सबैलाई जानकारि होस आगामी २२ डिसेम्बरमा महासंघको तेस्रो औपचारिक वैठकमा नै महिला विभाग गठन र अग्रागामी समुहको निर्माण एकैदिन एकै ठाउँमा हुनेछ ।