Ethnic Minorities को “Re-United-9” कार्यक्रम

Read Time:2 Minute, 6 Second

७ अक्टोबर, याउ मा तेईको कम्युनिटी सेन्टरमा हङ्कङ स्थित Support Center For Ethnic Minorities, Yuen Long Town Hall साथै Leyte Achivers Club International,Hong Kong को आयोजनामा “Re-United-9” भब्य रुपमा सम्पन्न भयो । उक्त कार्यक्रममा Search For Miss Migrants-2012,Best in sports wear ,Best in Gown ,Search for Mr Pogi-2012, Best in Executive Attire ,Best in Unique Attire, Modern Dance Group अनि Singing Karaoke प्रतियोगिता सामावेस गरिएको थियो ।  बिहानको १० बजे सुरु भएको कार्यक्रम ४ बजे सकिएको थियो । कार्यक्रममा बिभिन्न किसिमका नृत्यहरुका साथै गीतहरु गाएर दर्शकहरुलाई मनोरन्जन दिलाएका थिए । कार्यक्रमको प्रमुख आकर्षक भनेको Best In Unique Attire रह्यो । सो प्रतियोगितमा प्रतियोगीहरुले बिभिन्न किसिमका पोशाक, गर-गहना लगाएर मयूर्, पुतलि, इन्द्रेणी, फूल्, हरियाली जङ्गल आदी जस्ता शृंङ्गार गरेर अनौठो प्रस्तुती दिएका थिए,जुन दर्शकहरुले निक्कै रुचाए । कार्यक्रमको अन्त्यमा बिजेताहरुलाई प्रसंसा-पत्रका साथै ट्रफी अनि पुष्प्-गुच्छा उपहार दिईएको थियो । उक्त प्रतियोगितात्मक कार्यक्रमममा बिभिन्न देशका निर्णायकहरु रहेका थिए भने नेपाली निर्णायकहरुमा बरिष्ठ गायक तथा संगीतकार चेतमान गुरुङ्, एथ्निन भ्वाईसका सद्भाबना दूत बरिष्ठ तबला बादक हरी श्रेष्ठ् “बुद्ध नेपालमा जन्मेका हुन् ।” ब्यानर सहित, एभरेष्ट च्यारिटिकी डायरेक्टर निता थापा साथै कुमार लिङ्देन रहेका थिए । Re-United-9 को Part-2 चाही २८ अक्टोबर २०१२ मा केनेडी टाउनमा हुँदैछ ।

H. Shrestha

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %