नेपाल मगर संघको विदेश सम्बन्धि बिशेष परिपत्र

Read Time:4 Minute, 8 Second

अध्यक्ष ज्यू,

बिषय : नेपाल मगर संघको विदेश सम्बन्धि बिशेष सर्कुलर

नेपाल मगर संघ केन्द्रिय समितिको दशौ राष्ट्रिय महादिबेशनबाट पारित संसोधित बिधानमा भएको विदेश सम्बन्धि ब्यपस्थाहरु र संघको विभिन्न बैठकहरुमा विदेश सम्बन्धि भएका निर्णयहरुलाई जानकारी र कार्यान्वनका लागि यस बिशेष सर्कुलर गरिएको छ l

१. नेपाल मगर संघ केन्द्रिय समितिको दशौ राष्ट्रिय महादिबेशनबाट पारित संसोधित विधानले विदेश स्थित मगर सस्था हरुलाई एक अभिन्न अंग र बैदेशिक शाखाको रुपमा परिभाषित गरिएको छ र विदेशमा  क्रियाशील मगर सस्था हरुलाई बिधानत अंचल स्तर को मान्यता दिएको छ र संघको राष्ट्रिय महादिबेशन, राष्ट्रिय सम्मेलन, बिशेष भेला वा कार्यक्रमहरुमा बिशेष निमन्त्रना गरिने छ l

२. विदेश स्थित मगर सस्थाहरु र नेपाल मगर संघ बीच सुमधुर सम्पर्क, सम्बन्ध, समन्वयका लागि नेपाल मगर संघको केन्द्रिय पदीय संरचनामा थप केन्द्रिय विदेश सचिवको व्यवस्था पारिएको छ l
नेपाल मगर संघ केन्द्रिय विदेश सचिव रक्षा बहादुर रैकामगरको संयोजकत्वमा विदेश स्थित मगर सस्थाहरुको अध्यक्ष वा प्रतिनिधि रहने गरि विदेश बिभाग गठन गर्ने नेपाल मगर संघ केन्द्रिय समितिको तेस्रो बैठकले निर्णय गरेको छ र तसर्थ उक्त विभागको सदस्यमा रहने गरि नामावली दिनुहुन आग्रह छ र विदेश बिभाग ले नै मगर संघको विदेश नीति तयार बर्ने छ l

३. मगर संघको विधानमा व्यस्था भये अनुसार विश्व भरिका मगर सस्थाहरुलाई एक आपसमा समन्वय र सहकार्य गर्न नेपाल मगर संघको नेतृत्वमा एक “अन्तरास्ट्रिय मगर समन्वय मंच” (International Magar Coordination Forum) “IMCF” उचित समयमा गठन गरिनेछ र यसको आबस्यक तयारी विदेश विभागले गर्ने छ l

४. मगर समुदायहरुको दिर्घकालिन र बृहत्तर हितका लागि बहुआयामिक स्थाई प्रकृतिको “बिशेष मगर कोष” स्थापना गर्ने निर्णय नेपाल मगर संघको पाचौ बैठकले निर्णय गरेको छ र त्यसको व्यपस्थापन का लागि संघको आर्थिक बिभागले आबस्यक तयारी गरि सरोकारवाला सबैसंग संवाद गर्नेछ र वा कोष संचालनको स्थापना र कार्यविधि आर्थिक विभागले गर्ने छ l

५. विश्वभरि क्रियाशील मगर सस्थाहरुको एक(आपसमा संगठन गतिबिधि तथा प्रगतिहरुको सूचना आदान प्रदान गर्ने वातावरण निर्माणका लागि विदेश स्थित मगर सस्थाहरुलाई इमेलबाट जानकारी गराउन  लागि आग्रह गरिन्छ l

६. “जहाँ मगर-त्यहाँ मगर संघ” भन्ने संगठनिक राष्ट्रिय अभियानलाई बिश्वब्यापी बनाउने अभियान स्वरूप बिदेशमामा बसोबास गर्ने मगरहरु बीच नेपाल मगर संघको आजीवन सदस्यता वितरणलाई तिब्रता गर्न हुन आग्रह गरिन्छ l 

जय मगर संघ

महेन्द्र थापा मगर
अध्यक्ष,
नेपाल मगर संघ
केन्द्रीय समिति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %