लामो समय पार्टी भित्र अन्तर सघर्ष चलाइयो, तर एमालेबाट हाम्रा माग पूरा होला जस्तो विश्वास नै लागेन । हलेदो भनेर चिनिइसके पछि कोट्याइ रहन परेन अब एमालेलाई । एमाले भित्र अन्तर पार्टी संघर्ष गर्नु पर्ने थप ठाउँ छ जस्तो हामीलाई लागेन । त्यस कारण हामीले एमालेलाई परित्याग गरेका हौ । पार्टीबाट राजीनामा धेरै कोणबाट सोचेर मात्रै दिएको हो । राजनीतिबाट पलाइन हुनका लागि राजीनामा दिन खोजेका थिएनौ त्यसकारण धेरै विचार गरेर निर्णयमा पुग्नु बुद्धिमानी हुन्छ भन्ने आधारमा पनि हामीले धेरै पटक सोच्यौ र छलफल गरयौ । त्यस पछि मात्र यो निर्णयमा पुगेका हौ ।
हरेक मानिसको आफ्नै सोच विचार अनि विश्वास हुन्छ । एमाले नछाडेका जनजाति नेताहरु पार्टी भित्रै बसेर एमालेलाई सच्याउँदै ९ बुदेँ प्रस्तावको पक्षमा उभ्याउन सकिन्छ र अन्तर पार्टी संघर्षबाट आफूले उठाएका मुद्धाहरुलाई स्थापित गर्न सकिन्छ भन्ने विश्वासले उहाँहरु पार्टीमै बस्नु भएको जस्तो लाग्छ । तर हामीलाई त्यस्तो विश्वास लागेन पार्टी परित्याग गरयौ ।
अब हामीले निर्माण गर्ने पार्टी आर्थिक समानता, मुक्ति सामाजिक न्यायका विषयहरुलाई समान रुपले महत्व दिएर अगाडि बढाउने छ । निश्चित रुपमा राष्ट्रिय एकता सामाजिक सद्भाव कायम गदै गणतन्त्र संघीयता समाजवाद प्रति प्रतिवद्ध पार्टी हुन्छ ।
हामीले उठाएको मुद्धाहरुमा पहिचानको मुद्धा एउटा मुद्धा हो । यस बाहेक राज्यका प्रत्येक अंगमा जनसंख्याको आधारमा समावेशी प्रतिनिधित्व, आर्थिक र सामाजिक मुद्धा हाम्रा महत्वपूर्ण मुद्धा हुन् । यी नै मुद्धा सम्बोधन गर्नका लागि हामीले अगाडि सारेको सिद्धान्तलाई पूरा गरे पछि आउने दिनहरुमा आर्थिक निर्माणको मुद्धालाई केन्द्रमा राखेर राजनीतिलाई अगाडि बढाउने छौ ।
केही एमालेका साथीले हामीलाई पट्यासको संज्ञा पनि दिएका छन् । नेकपा एमाले पट्यास उप्किदै गएको तामा भन्ने प्रष्ट भैसकेको छ । यसरी पट्यास उप्किदै जाने क्रममा एमालेको वोक्रा पनि उप्किन्छ र गुदी पनि खतम हुने अवस्था आउने छ । त्यसैले एमालेका नेताहरुले बेलैमा चिन्तन मनन गर्नु पर्ने बेला भएको छ । तर उनीहरु अहिले पनि अंहकारले युक्त अभिव्यक्ति दिइरहेका छन् । उनीहरुको त्यस्ता अभिब्यक्ति अन्तर मनमा भएको पीडालाई कम गर्न कार्यकर्तालाई केही भएको छैन भनेर सान्त पार्नका लागि मात्रै त्यस्ता अभिव्यक्ति दिइरहेका छन् भन्ने देखिन्छ । यी अभिब्यक्तिले एमाले स्वयम्लाई नै नोक्सानी गरिहेको छ । आदिवासी जनजाति र मधेशी अनि खस आर्य जातिका नेता कार्यकर्ताहरु एमाले परित्याग गर्ने क्रम जारी राखेका छन् । यिनीहरुलाई एमाले भित्रका धुलो मैलो भनिएको छ । एमाले उपाध्यक्षमा सर्वाधिक मत हासिल गर्नेलाई त्यो भन्दा कम मत प्राप्त गर्नेहरु के हुन् ? त्यो पनि स्पष्ट परिभाषित गर्नु पर्ने भएको छ । अब एमालेबाट हातीको धुलो होइन हाती नै बाहिर गइसकेको छ । त्यो एमालेले कुरा बुझनु पर्ने भएको छ । हाति नै एमाले छोडेर भाग्दै छ । एमाले परित्याग गर्ने लहर बल्ल सुरु भएको छ ।
एमालेले हामीले अगाडि सारेको ९ बुदेँ प्रस्तावलाई गलत हो पनि भन्न सकेन त्यसलाई आत्मसाथ गर्दछु भनेर पनि भन्न सकेन । एमाले भित्रै बसेर अन्तर सघर्ष गर्दछु र एमालेलाई रुपान्तरित गर्दछु भन्ने आँट र विश्वास लिएका साथीहरु यदि इमान्दार छन् भने यो मुद्धामा आत्म समपर्ण गरेको होइन भने एमालेले यो प्रस्तावलाई सम्बोधन नगरे पछि उनीहरु पनि हामीकै मा आउने छन् ।
एमाले पार्टी परित्याग संगै उसको सबै कुरा हामीले छोड्यौ । एमाले पार्टी संगै एमालेको बहुदलिय जनवाद, माक्र्सवाद लेलिनवाद छोड्यौ । एमालेको कार्यशैलीलाई छोड्यौ । त्यसकारण हामीले नयाँ शैलीको पार्टी निर्माणमा छौ । नेपाली समाजलाई अगाडि बढाउन र आर्थिक संवृद्धि तर्फ अगाडि बढाउन र साथै सबै जाति भाषा जाति भाषालाई एक जुट बनाएर अगाडि बढाउनका लागि जे जस्ता सिद्धान्त र दर्शनलाई आत्म साथ गरेर जान आवश्यक पर्छ ती दर्शन र सिद्धान्तलाई आत्मसाथ गर्न पछि पदैनौ । नेपालको परिस्थितिमा नयाँ प्रयोग गरेर अगाडि बढ्ने सोचमा छौ ।
नयाँ पार्टी माघ महिना तिर पूर्ण आकारमा बन्ने छ । तदर्थ समिति चाहि असोजको अन्तिम हप्तासम्म बन्छ । पार्टीको संरचना अहिले जस्तो एकात्मक संरचनामा आधारित हुदैन । हामीले संघीय संरचनामा आधारित पार्टीको संरचना बनाउँने छौ । पार्टीको नेतृत्व कसले गर्ने भन्ने कुरामा अहिले छलफल नै भएको छैन । राष्ट्रिय स्तरको सम्मेलन वा भेलाबाट नेतृत्व छान्ने छौ ।
दलहरुले पुनस्थापनाको विकल्प नरहेको बताइसकेको अवस्थामा देशलाई अव निर्वाचनको दिशामा अगाडि बढाउनु पर्ने हुन्छ । त्यसका लागि आवश्यक सहमति गरि अगाडि बढ्नु पर्छ ।
हामीले नै जनजातिका सबै कुरा सहाकार पार्ने कुरा बस्तुवादी कुरा होइन । यो कुरा सबैले सामूहिक प्रयत्नबाट संभव हुने कुरा हो । एउटा पार्टीले सबै समस्या एकै पटक जादू सरी हल गर्न सक्दैन । अहिलेका दलहरुले कसैले बेइमानी गर्ने र कसैले असाध्यै अस्थिरता उत्पन्न गर्ने काम भैरहेकोले हामीले उत्पीडित बर्गको मुद्धालाई इमान्दारीताको साथ उठाउने छौ । जनताले साथ दिएको खण्डमा हामी सदनबाट अनि संविधानसभाबाट त्यसो नभए सडकबाट पनि अगाडि बढ्न सकिन्छ ।
कुराकानीमा आधारित
(राज्यसत्ता नेपाल व्युरो )