हुम्ला, १५ कात्तिक
गत आइतबारदेखि हुम्ला जिल्लाको सदरमुकाम सिमीकोट बजारमा विद्युत लाइन प्रशारण गरिरहेको ५०० किलोवाट क्षमताको हिलडुम जलविद्युत आयोजनाको नहर चुहिएपछि अन्धकार भएको छ ।
विद्युत आपूर्ति बन्द भएपछि नेपाल टेलिकम र एनसेल मोबाइलका टावरमा विद्युत नपुग भई सञ्चार सेवा बन्द भएका छन् भने सञ्चारकर्मीलाई समाचार सम्प्रेषण गर्नसमेत समस्या भएको छ ।
विसं २०६५ साल जेठ १५ देखि सो विद्युत आयोजना सञ्चालन भएको थियो । रासस