हंगकंगमा जहाज डुब्दा ३७ जनाको मृत्यु

Read Time:1 Minute, 37 Second

एम बि थापा मगर
हङकङ,  सेप्टम्बर २ –  हङकङको लामा आइलैण्डमा गत सोमबार राती दुईटा यात्रुवाहक पानीजहाज ठोक्किदा हङकङ इलेक्टि्रक कम्पनीको (फेरी) पानीजहाजको दुर्घटनामा ३७ जनाको मृत्यु हुनुका साथै झन्डै दुइ दर्जन घाइते भएका छन् ।

पानीजहाज एसियाकै सबै भन्दा धनि व्यक्ति लिका सिंहको रहेको छ । चीनको ६३ औँ राष्ट्रिय दिवस र मिड अक्तोम फेस्टिवलको अवसरमा हुने बेलुकी ८. २० को आतिशबाजी हेर्न यात्रुहरू बोकेर जहाज प्रर्दशनी स्थल भिक्टोरिया हर्बरतर्फ आइरहेको थियो ।

जहाजमा यात्रुहरू १०० भन्दा बढी रहेको अनुमान छ । अन्य घाइतेहरुलाई हंगकंगको विभिन्न अस्पतालमा लगी उपचार भइरहेको हङकङ सुचना विभागले जनाएको छ । हङकङ संसारकै व्यस्त पोर्ट मध्येको एक हो ।

लामा आइज्लेंद हंगकंग देखि झन्डै तिन किलोमिटरको दुरीमा पर्छ । झन्डै एक हजार भन्दा बढी हंगकंगका स्थानिय वासिन्दाहरु बसोबास गर्छन । घटना पश्चात आज लि का सिंह च्योंगकंग ग्रुप र अन्य सरकारी कार्यलायेहरुमा राखिएको झण्डा आधा झुकाव गरिएको छ ।
 
घटनामा कुनै पनि नेपाली नपरेको जानकारी आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %