बैद्य नेतृत्वको माओवादी हतियार सहितको राजनीतिमा

Read Time:3 Minute, 30 Second

जनयुद्धको बेलामा माओवादीले निर्माण गरे जस्तै नव गठित माओवादी सैन्य संरचना निर्माणमा जुटेको छ । असारको पहिलो हप्ता घोषणा गरिएको बैद्य नेतृत्वको माओवादीले राष्ट्रिय जनस्वय्म सेवक व्युरो नाम दिएर सैन्य संरचना निर्माणको कार्य तिव्र पारेको हो । सैन्य संरचनाको प्रमुखमा नेन्द्र विक्रम चन्द रहेका छन् भने संरचनाको हेडक्वाटर अन्तर्गत डेपुटी कमाण्डरको जिम्मेवारी उदय चलाउनेले समाल्ने छन् । माओवादीले पूर्व मध्य र पश्चिम कमाण्ड बनाएर शिविरमा अयोग्य ठहरिएका र अवकास प्राप्त लडाकूलाई समेटेर सैन्य संरचनाको निर्माणलाई तिव्रता दिएको हो । मध्य पूर्व र पश्चिम कमाण्डको इन्चार्जमा खड्कबहादुर विश्वकर्मा र हितमान शाक्य र कुलप्रसाद केशीलाई जिम्मेवारी तोकि सकेको छ । समायोजन प्रति असन्तुष्टि जनाउदै वैद्य पक्षीय लडाकूहरु अधिकांश सयायोजनको साटो अवकास रोजेका थिए । सोही कारण पनि समायोजनमा जाने लडाकूको संख्या एक्कासि घटेको थियो । माओवादीका एक नेताका अनुसार अगामी फाल्गुन १ देखि पार्टीले जनमुक्ति सेना घोषणा गर्ने रणनीति अनुरुप सैन्य संरचना निर्माणमा लागेको हो । आवश्यकता अनुरुप जनयुद्धमा पनि जान सकिने माओवादी अध्यक्ष मोहन बैद्यले पार्टी घोषणाको बेला नै उद्घोष गरेका थिए । निर्वाचन आयोगमा पार्टी दर्ता गर्न पुगेको नवगठित माओवादी पार्टीलाई उसका विभिन्न मागका साथै शान्ति पूर्ण राजनीति प्रतिको अविश्वासका कारणले पार्टी दर्ता गर्न निर्वाचन आयोगले अस्वीकार गरेको छ । यता माओवादीको सैन्य संरचना निर्माणले शान्ति प्रकृया टुंगिसकेको परिपेक्ष्यमा जनतामा थप आशंका र त्रास सृजना गरेको छ । आफ्ना ७० बुदेँ माग माओवादी नेतृत्वको सरकारलाई बुझाइसकेको वैद्य नेतृत्वको माओवादी आफ्ना माग सम्वोधन नभएसम्म जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने अडानले नेपाल फेरि द्वन्द्वतिर धकेलिने हो कि भन्ने आशंका पैदा गरेको छ । तर विगतमा सशस्त्र द्वन्द्व गरि शान्ति पूर्ण राजनीतिमा आएको माओवादीका लागि शसस्त्र संघर्ष फलामको च्युरा चपाउनु सरह नै बन्ने छ । किन भने शसस्त्र सघर्षबाट राजनीतिक उदेश्य पूरा गर्न नसके पछि माओवादी हतियार परित्याग गरि शान्ति सम्झौता गर्न बाध्य बनेको थियो ।

(राज्यसत्ता नेपाल व्युरो) 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %