यादवको नेतृत्वमा नयाँ मोर्चा

Read Time:2 Minute, 5 Second

माओवादी र नव गठित माओवादीको छुटा छुटै मोर्चा निर्माण भए लगतै मोर्चा बन्दीको लहर अन्य पार्टी सम्म पुगेको छ  ।
मधेशवादी तथा जनजाति लगायत केही स– साना दलहरुको छुट्टै मोर्चा १५ असोजमा घोषणा हुने भएको छ । उपेन्द्र यादवको नेतृत्वमा राजधानीमा मोर्चा घोषणा गरिन लागेको हो । मोर्चाको नाम संघीय लोकतान्त्रिक गठवन्धन रहेको छ । मोर्चामा ताम्सालिङ, नेपाल राष्ट्रिय दल, राष्ट्रिय जनमुक्ति पार्टी, खम्बुवान् स्वायत परिषद् , नेपाल शान्ति समाज पार्टी लगायत ६ वटा पार्टी आवद्ध छन् । अगामी दिनमा एकिकृत पार्टी बनाउने रणनीति अनुरुप मोर्चा बन्दी गरेको उपेन्द्र यादवले राज्यसत्ता डटकमलाई बताए । दलहरु आ– आफ्ना विचार समूहको मोर्चा निर्माणमा जुटेकाले राजनीति थप मुठभेड तिर धकेलिएको नेपाली काङग्रेसका नेता रामचन्द्र पौड्यालले बताए । ‘मोर्चा बन्दी गर्नु पर्ने समय होइन राजनीतिक सहमति जुटाएर देशलाई निकास दिनु पर्ने बेलामा दलहरु मोर्चा बन्दीमा लाग्नु विडम्वना हो’ उनले भने  । राष्ट्रिय जनमुक्ति पार्टीका नेता एमएस थापाले पनि विचारधाराका आधारमा बनाइएका मोर्चा दिगो नहुने बताए । राजनीतिक दलहरु आफ्नो राजनीतिक हैसियत र शक्ति देखाउन मोर्चा बन्दीमा जुटिरदा राजनीति अझ ध्रवीकृत बन्दै गएर गतिरोध लम्विदै जाने संभावना बढेर गएको छ  ।
(राज्यसत्ता नेपाल व्युरो)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %