महानिरिक्षक रानामगरलाई नेपाल मगर संघ केन्द्रिय समितिले सम्मान गर्यो

Read Time:2 Minute, 21 Second

दीपा आले
काठमाडौ असोज १३ गते, नेपाल प्रहरीका महानिरिक्षक कुबेरसिंह रानामगरले देश र जनताको सेवामा आफू सक्दो लागि पर्ने बताउनु भएको छ ।
 नेपाल मगर संघ केन्द्रिय समिति एवं सम्पूर्ण मगर संघका भातृ संघसंस्थाको आयोजनामा शनिबार काठमाडौमा गरिएको सम्मान कार्यक्रममा बोल्दै उहांले यस्तो कुरा बताउनु भएको हो ।
 महानिरिक्षक रानामगरले कार्यक्रममा बोल्दै देश र जनताको सेवा गर्न आफूलाई २४ घण्टा समय समेत अपुग भएको बताउनु भयो ।
 उहांले आफू प्रहरी महानिरिक्षक भएको दुई हप्ता मात्र भएको बताउंदै सम्पूर्ण जनताले मप्रति गरेको आशा अपेक्षालाई सक्दो पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
 नेपाल मगर संघका सम्पूर्ण भातृसंघले सम्मान गर्दै गर्दा महानिरिक्षक रानामगर अन्यन्त भावुक हुंदै आफूलाई मगर समुदायले गरेको सम्मान  स्वरुप हौसला, प्रेरणाले अवश्य पनि देश र जनताको सेवामा सक्दो सहयोग मिल्ने बताउदै देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्न, प्रहरी संगठनलाई बलियो बनाउनुका साथै अपराध नियन्त्रण गर्न सधै लागि पर्ने धारणा राख्नु भयो ।
 सम्मान कार्यक्रममा अर्थमन्त्री वर्षामान पुनमगर,जनजाति अगुवा नेता गोरे बहादुर खपांगी, डां ओम गुरुंग, पर्यटन मन्त्रालय अन्तर्गत जातीय संग्रालयका अध्यक्ष बमकुमारी बुढामगर, डिआईजी प्रार्वती थापालगायतको उपस्थिति रहेको थियो
 संघका अध्यक्ष महेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा मगराती गीत समेत गाईएको थियो । कार्यक्रममा उपस्थिति मगर अग्रजहरुले नवयुक्त प्रहरी महानिरिक्षक कुबेरसिंह रानामगरलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %