दीपा आले, काठमाडौ, आश्विन १२ शुक्रबार
नेपाल मगर विद्यार्थी संघ केन्द्रिय कार्यालयको आयोजनामा शुक्रबार वृहत सांस्कृकतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
शिक्षा क्षेत्रमा पछाडि परेका मगर विद्यार्थीको शिक्षामा गुणस्तरीय विकासकालागि मगर विद्यार्थी कोष स्थापनार्थको रुपमा वृहत सांस्कृति कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विभिन्न कार्यक्षेत्रमा योगदान पुराएका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा प्रहरी महानिरिक्षक कुबेरसिंह रानामगर, नेपाल पर्यटन बोर्ट अन्तर्गत जातीय संग्रालयका अध्यक्ष बम कुमारी बुढामगर र पत्रकार दीपा आलेलाई खादा तथा प्रमाणप्रत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रहरी महानिरिक्षक कुबेरसिंह रानाले सबैको सहयोग र सहकार्य भएमा आफूले देश र जनताकोलागि राम्रो योगदान दिने बताउनु भयो ।
अन्यन्त व्यस्तताको बाबजुत पनि कार्यक्रममा ४ मिनेटको समय दिएर कार्यक्रममा आउनु भएको थियो । उहांले आफू देश र जनताको सेवामा सधै सर्मपित भई काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।
नेपाल मगर विद्यार्थी संघका केन्द्रिय अध्यक्ष रेणुका काउचामगरले आफ्नो कार्यकालमा आफूले सक्दो मेहनत गरेर विद्यार्थीको शिक्षामा गुणस्तरीय बनाउन यस्ता खाले सांस्कृतिक कार्यक्रम गरिएको बताउनु भयो ।
संघका महासंचिव बलविर बुढामगरले संचालन गरेको कार्यक्रममा कार्यक्रमको उद्देश्यमाथि संघका वरिष्ठ उपाध्यक्ष दिपु श्रीष मगरले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा विभिन्न चर्चित गायत सत्यस्वरुप आचार्य, मुना थापा, हेमन्त राना, मिरा थापा, खडक गर्वुजा, जुना श्रीस, शिबा आले,बालाराम सलाम, तिलक पुन, खेम बुढा, दिलु सलामी, अमृता लुंगेली, आभा मुकारुम लगायतले विभिन्न आधुनिक गीत, मगर भाषामा गीत नृत्यप्रस्तुत गरिएको थियो ।
