मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठानले मगर भाषा साहित्य विकासमा मगरपनको लागि मासिक अन्तरक्रिया कार्यक्रम अन्तर्गत ‘मगर साहित्य लेखन विश्लेषण’ विषयमा चलचित्र, साहित्य विश्लेषक शोभा चन्दले मेक राना मगर लिखित ‘रीक्मा भेर्म ह्वानाङ्’ (कलम भिरेर हिंडदा) निवन्ध संग्रहको शिर्ष माथि विश्लेषण गरिएको थियो ।
लेखकले वाल्यवस्थामा अनुभुत गरेको स्याङ्जाको पश्चिमी भेग विर्घामा पाण्डे बाहुनहरुले मगरलाई सामाजिक, सांस्कृतिक रुपले हेप्ने प्रचलन छ । बाउआमाले कारोवार गर्दा उनिहरुले लेखोस नलेखोस गोजिमा चारपाँचवटा कलम भिरेर जान्ने भएर हिंडेको देख्दा उसले पनि गोजिमा कलम भिरेर हिंड्न थाल्यो सवैले कलमे दाई भनिदिंदा ठुलो मान्छे भएको गौरव र लाजले भुतुक्कै भएको मनोविज्ञानलाई प्रस्तुत गरेका थिए ।
कार्यक्रममा मगरहरु लाहुरे जाने संस्कृति भएकोले कलमे दाई किन भनियो ? उसलाई कलमे भाई, कलमे छोरा, कलमे लाहुरे किन भनिएन ? मगर समाजमा सानो ठुलो भनेर छुट्टाउने गरिन्छ ? भन्ने प्रश्नहरु उठाइएको थियो ।
भाषामा संस्कृति, संस्कार, दर्शन हुने भएकोले नेपालीमा अनुवाद गर्दा भाव नभएर मरुभुमिमा गएको जस्तो हुने भएकोले मगर भाषामा लेखिएको साहित्यलाई संयुक्त रुपमा अनुवाद र पुस्तक प्रकाशन गर्नु अघि पाण्डुलीपिमा छलफल गर्नु पर्नेमा सहभागीहरु सहमत भएका छन् ।
मगर साहित्य लेखन विश्लेषण
Read Time:2 Minute, 4 Second