मिस युके नेपाल २०१२ को प्रसंग

Read Time:5 Minute, 43 Second

होम सुनुवार युके

मुलुक बाहिर रहेर पनि आफ्नो भाषा, भेषभुषा र संस्कृति समेटेर आफ्नो देशको नामले सुन्दरी प्रतियोगिता हुनु अति राम्रो कुरो हो । प्रतियोगिता कार्यक्रम हुंदै गरेको मुलुकमा रहेका नेपालीहरुलाई त गर्वको कुरो छदैछ, यसमा आम नेपालीहरु र देशको गौरव मान्नु स्वभाविकै ठान्नु पर्दछ । किनकी देश बाहिर रहेका नागरिकहरुलाई आफ्नो देशको निमित्त दुत मान्नु पर्दछ । यस्ता प्रतियोगितामा भाग लिएका छानिएका नयां पिढीका युवतीहरु झन बिभिन्न दृष्टिकोणबाट आफ्नो देशको सच्चा दुत बन्ने अवसर पाउंछन्  र बन्छन भन्दा कुनै गलत नहोला ।
यस्तै भावनाले बेलायतमा मिस युके नेपाल नामले सुन्दरीप्रतियोगितकार्यक्रम गर्ने गरिएको ३ बर्ष भईसकेको छ । यसै क्रममा २०१२ को प्रतियोगिता यहि सेप्टेम्वर महिनाको ९ तारिक आइतबारका दिन ओकफार्म कम्युनिटी स्कुल फार्नवरोमा भएको थियो ।
पहिलो छनौटमा थुप्रै जनावाट छानिएर आएका मध्ये १० सुन्दरीहरुले मात्र २०१२ को मिस युके नेपाल उपाधिको लागी उक्त दिन निर्णायक मण्डली र सयौ दर्शकहरु समक्ष आफ्नो दक्षता प्रदर्शन गर्न प्रतिष्पर्धिका रुपमा प्रस्तूत भएका थिए । उक्त प्रतिष्पर्धाका निम्ति प्रतियोगिहरुले थुप्रै हप्ता विभिन्न प्रशिक्षण लिएका थिए ।
कार्यक्रमको शुरुमै आयोजकको तर्फबाट सबै निर्णायक ब्यक्तित्वहरुलाई पारिश्रमिक वा उक्त दिनको सम्झना स्वरुप प्रमुख अतिथिको बाहुलीबाट चिनो प्रदान गरियो । कार्यक्रमको बिचबिचमा अन्य मसलाहरु पनि छंदै थियो । प्रतियोगिहरुले पहिलो राउण्डमा अ-आफ्नो परिचय दिएका थिए भने दोस्रो साडी राउण्डमा बिभिन्न छुट्टा छुट्टै निर्णायक मण्डलका ब्यक्तिले सोधिएका प्रश्नका उत्तरहरु दिनु थियो । यस राउण्डमा धेरै प्रतिस्पर्धाले निर्धक्क साथ चित्त बुझ्दो जवाफ दिएका थिए भने कुनै कुनैले सन्तोषजनक उत्तर दिएको पाईएन । निर्णायक मण्डलका एकजना मात्र अंग्रेज निर्णयकले अंग्रेजीमा राखेको प्रश्नमा प्रतियोगिले नेपालीमा उत्तर दिईन । उत्तर सहि नभएपनि अंग्रेजी भाषामा जवाफ दिए कुनै फरक पर्ने थिएन । यसमा गोराले अंग्रेजी नबुझ्ने र नेपालीले नेपाली नबुझ्ने जस्तै हुन गयो की ? अनी खासै प्रश्नको उत्तर चांही दर्शकलाई नभएर प्रश्न कर्तालाई दिनु पर्दछ । उहांका लागी अनुबादक राखिएको थियो कि थिएन ? भन्नुको ताक्पर्य उहांले भाषा बुझ्नु भयो भएन ? नेपालीमा उत्तर दिंदा !
उक्त प्रतियोगिले कुनै उपाधि नजितेको भए सो कुरोको चासो हुने नै थिएन । तर अन्य राम्रा प्रतिष्पर्धीहरुलाई सहि छनौट नहुनु त अन्याय हो । यस्तो नतिजाले संयोजक, निर्णायक मण्डली र सम्पुर्ण दर्शक लगायत (बिजेता) उपाधी पाउनेहरुलाई पच्नसक्ने कुरा होला त ? मेरो बिचारमा निर्णयक मण्डलले पाएको अधिकारलाई प्रयोग गरी उत्कृष्ट व्यक्तित्वको छनौट गर्नु त्यस घडीको कर्तब्य हो जस्तो लाग्दछ । निर्णायकले दिएको अंक र पहिलाको प्राप्त अन्य अंकहरु एकमुष्ट गरी निर्णायक मण्डलीको छोटो छलफल र अन्तिम निर्णयको नतिजा हरेक प्रतिष्पर्धीहरुका प्राप्त अंक सहित उद्घोषिकालाई सो नतिजा पत्र हातलगाई बल्ल दर्शक सामु उपाधीको घोषणा गर्नुपर्ने थियो तर त्यसो भएन । केहि टेक्निकल (धांधली) भएको प्रष्टसंग सबैले बुझ्न मौका पाए । नतिजा प्रति अधिकांश दर्शकहरु वेखुशी देखिए । पक्कै भन्नुपर्दा यस्ता नामको सुन्दरी प्रतियोगितामा केहि कालो धब्बा लागेको बुझ्न सकिन्छ । सांच्चै नै भविष्यमा हुने यस्ता कार्यक्रम सफल पार्न योग्य व्यक्तिको छनौट सहि तरिकाले हुंदैन भने कार्यक्रमको औचित्य नरहला । विचार पु-याउनु अनि सुधारका पक्ष धेरै छन् । जसमध्ये त उहि हो निष्पक्ष, सहि मुल्याड•कन र सहि निर्णय । आगामी प्रतियोगीताहरुमा यस्ता गलत कुरा अलग राखी आफ्नो भाषा र संस्कृतीलाई जगेर्णा गर्दै अगाडी बढ्नु पर्दछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %