१९ सेप्टेम्बर २०१२, मुक काजी गुरुङ, हङकङ ।
भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले जोर्डन स्थित फुलबारी क्लबमा आफ्नो स्थापनाको दोस्रो वार्षिक उत्सव एक रात्री भोजको आयोजना गरि मनाए ।
हङकङमा बसोबास गर्दै आईरहेका भारतीय गोर्खा भूपू सैनिकहरूको जमघट बिच संघको लोगो अंकित केक काटी एक आपसमा दलेर उल्लासमय बातावरणमा वार्षिक उत्सव मनाए ।
संघका सचिव दुर्जोधन लिम्बुले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष जजिन चाम्लिङले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष जंग बहादुर गुरुङले हातमा हात र कांधमा कांध मिलाई संघलाई आजको यो स्थिति सम्म ल्याई पुरयाउंनु हुने सम्पूर्ण पदाधिकारी, सल्लाहकार र सदस्यहरुलाई धन्यवाद ज्ञापन ब्यक्त गरे साथै संघको गतिबिधिहरुलाई संसारभरि प्रचारप्रसार गरिदिने मिडियाकर्मीहरुलाई पनि बिशेष धन्यवाद दिएका थिए र हालसम्म संघमा ८९ जनाले आजीवन सदस्यता लिई सकेका छन भने दिनप्रतिदिन सदस्यता लिनेहरुको संख्या बढि रहेको पनि अध्यक्ष गुरुङले जानकारी गराए।
हालै संघमा सदस्यता लिने दुई भूपू सैनिकहरूलाई पनि खादा लगाई सम्मानपूर्वक संघमा आबद्ध गराईएको थियो भने संधले गत २६ अगस्टको दिन सम्पन्न द्दितीय भीसी सांझलाई उल्लेखनिय सहयोग गर्ने सदस्यहरू तथा कार्यक्रममा रोचक खुकुरी नाच प्रदर्शन गर्ने टोलीलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा ब्रिटिस गोर्खा भूपू सैनिक संघका अध्यक्ष हेमप्रताप गुरुङ तथा उपाध्यक्ष नरहाङ राईको साथमा अन्य केहि सदस्यहरुको पनि उपस्थिति रहेको थियो।