चिनमा नेपाल कल्चरल फेस्टिभल – २०१२

Read Time:4 Minute, 10 Second

१६ सेप्टेम्बर २०१२ आईतबारका दिन चीनको राजधानी बेइजिङमा नेपाल कल्चरल फेस्टिभल – २०१२,  बेइजिङ  स्थित नेपाली राजदुताबासले बिबिध नेपाली कार्यक्रमको आयोजना गरेर “Nepal Cultural festival-2012”  भब्य रुपमा सम्पन्न गर्‍यो । National Center for Performing Arts को हलमा गरिएको उक्त कार्यक्रमको उद्घाटन नेपालका  उप्- प्रधान मन्त्री तथा परराष्ट्र मन्त्री श्री नारायण काजी श्रेष्ठ साथै चिनियाँ उप-परराष्ट्र मन्त्री Fu Ying ले संयुक्त रुपमा  गर्नु भएको थियो । चिनका लागी नेपाली राजदूत  महामहिम डा महेश कुमार मास्केले स्वागत भाषण गर्नु भएको उक्त कार्यक्रममा नेपाली तथा चिनका अति बिशिष्ठ ब्यक्ती हरुको उपस्थिती थियो ।सुकर्म ब्याण्डका कलाकारहरुले नेपाल तथा चिनको  राष्ट्रीय धुन बजाउनुका साथै चिनियाँ चर्चित कलाकार Bian Liunian को साथमा बिभिन्न धुनहरु प्रस्तुत गरेका थिए ।नेपाल बाट आएका श्री कला-नाट्य समुहका अध्यक्ष कृष्ण भक्त महर्जन लगायत अन्य कलाकार हरुले मन्जुश्री नृत्य,टप्पा ,तामाङ सेलो,लाखे नाच्,धिमे नाच्,कुमारी नृत्य, याक नृत्य, मयुर नृत्य, झागड नृत्य आदी जस्ता प्रचलित लोक नृत्यहरु प्रस्तुत गरेर कार्यक्रमलाई मनोरन्जक बनाएका थिए ।

बेइजिङ स्थित नेपाली राजादुताबासको निमन्त्रणामा हङ्कङबाट गएका बरिष्ठ गायक तथा संगीतकार चेतमान गुरुङ र बरिष्ठ तबला बादक हरी श्रेष्ठको प्रस्तुतिले सबैको मन  जित्न सफल भयो । गायक चेतमान गुरुङ्ले भजन शिरोमणी भक्त राज आचार्यको “जहाँ छन बुद्धका आँखा” बोलको अत्यन्तै भावपूर्ण साथै राष्ट्रीय भावनाले ओतप्रोत भएको गीत गाएर सबैलाई मन्त्र मुग्ध बनाएका थिए ।गायक चेतमान गुरुङ र हरी श्रेष्ठले  “बुद्ध नेपालमा जन्मेका हुन्” भनेर नेपाली, अङ्रेजी अनि चिनियाँ तीन भाषामा लेखिएको ब्यानर सहित् “बुद्धम शरण्: गच्छामि,धम्मं शरण्: गच्छामि, सँघम शरण्: गच्छामि” भनेर बाचन गर्दा तालिको गडगडाहट्ले हल गुन्जायमान भएको थियो ।  सो कार्यक्रममा नेपाल एकेडेमी अफ म्युजिक एण्ड ड्रामाका राम कृष्ण दुवालले पनि गीत गाएका थिए ।

कार्यक्रमको दोश्रो दिन १७ तारिखमा नेपाली तथा चिनियाँ चित्रकार हरुको चित्रकला प्रदर्शनी गरिएको थियो । उक्त चित्रकला प्रदर्शनीमा नेपाल ललित कला प्रज्ञा-प्रतिष्ठानका कुलपती किरण मानन्धर्, कर्ण प्रसाद मास्के, सन्त कुमार राई, के के कर्माचार्य  साथै चिनियां चित्रकारहरुको चित्रहरुको प्रदर्शनि गरिएको थियो । महामहिम राजदूत डा महेश कुमार मास्केले नेपाली तथा चिनियां चित्रकार हरुलाई प्रसंसा-पत्र प्रदान गरेका थिए भने  सोही दिन बेलुकी राज दूताबासमा सम्पूर्ण कलाकार हरुलाई प्रसंसा-पत्र बितरण गरिनुका साथै खादा लगाएर सम्मान गरिए पछी रात्री-भोजको आयोजना गरिएको थियो ।

H Shrestha

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %