मुक काजी गुरुङ, हङकङ,
१६ सेप्टेम्बर २०१२ का दिन जोर्डनको हङ्ग्री आई रेष्टुरेन्टमा स्याङ्जा जनसेवा समिति हङकङको छैटौं अधिवेशन सम्पन्न भएको छ। सो छैटौं अधिवेशनबाट पुन:निवर्तमान अध्यक्ष कोमल कान्छा गुरुङकै अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरिएको छ भने बांकी केहि सदस्यहरु र प्रवक्ता भने छैटौं अधिवेशन पश्चातको प्रथम बैठकले नियुक्ति गर्नेछ। जसमा प्रवक्ताको लागि समितिकै निवर्तमान सदस्य तथा मेरो स्याङ्जा डट कमका हङकङ सम्वाददाता मुक काजी गुरुङलाई प्रस्तावमा राखिएको छ।
प्रमुख अतिथि स्याङ्जा निवासी तथा प्रिस्टाईन किन्डरगार्टेनका सञ्चालक एवं सुपरभाईजर जगदिश कुमार आलेको उपस्थितिमा सम्पन्न उक्त अधिवेशन समितिकै अध्यक्ष कोमल कान्छा गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने बिशेष तथा अन्य अतिथिहरुमा नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगर, जनजाति महासंघ हङकङका अध्यक्ष एमबी थापामगर, एन आर एन हङकङका दुर्गा गुरुङ, तमु प्ये ल्हु संघ हङकङका प्रवक्ता चौ गुरुङ, गुल्मी समाजका अध्यक्ष नेत्र पहराई, मगर संघ हङकङका प्रतिनिधि तथा उपाध्यक्ष प्रेम थापा, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष जंग बहादुर गुरुङ थिए। यसै गरि संस्थापक अध्यक्ष तथा समितिकै सल्लाहकार भक्त गुरुङ, टम गुरुङ लगायत स्याङ्जा जिल्ला अन्तर्गतका बिभिन्न समाजका प्रमुख तथा समितिकै अन्य सल्लाहकार तथा बुद्धिजीवी एवं पत्रकारहरुलाई पनि अतिथ्या प्रदान गर्दै सम्पूर्णलाई फूलको गुच्छा र खादा लगाई सम्मान गरेका थिए।
समितिकै उपाध्यक्ष भानबिर गुरुङको स्वागत मन्तब्यबाट शुरु गरिएको कार्यक्रमलाई समितिकै सचिव भोजेन्द्र गुरुङले सञ्चालन गरेका थिए भने कार्यक्रममा उपस्थित अतिथि वर्गहरु भारतीय भूपू एवं समितिका सल्लाहकार जंग बहादुर गुरुङ,संस्थापक अध्यक्ष भक्त गुरुङ,तमु प्ये ल्हु संघ हङकङका प्रवक्त चौ गुरुङ,मगर संघ हङकङका उपाध्यक्ष प्रेम थापा यसै गरि नेत्र पहराई गुल्मी समाज,दुर्गा गुरुङ एन् आर एन, प्रदीप थापा मगर नेपाली महासंघ,एमबी थापा मगर जनजाति महासंघ हङकङ लगायत प्रमुख अतिथि प्रिस्टाईन किन्डरगार्टेन स्कूलका सञ्चालक जग्दिश कुमार आलेले अधिवेशन सफलताको शुभकामना ब्यक्त गरेका थिए । बोल्ने क्रममा एन आर एन का अध्यक्ष दुर्गा गुरुङले अबदेखि नेपालको बबर महलमा हुने रुपान्तर गर्ने कामहरु सबै अन्तर्राष्ट्रिय स्तरमा नै हुने जानकारी गराउंनु भयो भने प्रमुख अतिथि जग्दिश कुमार आलेले स्याङ्जा जिल्लाको बढाईचढाई गर्दै लगभग सांढे ५ लाख जनसंख्या रहेको स्याङ्जा जिल्लाको जनसंख्या मध्ये पनि लगभग १ लाख जति बिदेसिएका र त्यहि क्रम मध्ये हङकङमा पनि धेरै मात्रामा स्याङ्जावासीहरु रहेको जानकारी गराउंनु भयो। यसै शिलशिलामा स्याङ्जा जनसेवा समिति हङकङ यो छैटौं अधिवेशनसम्म आईपुग्दा समितिलाई धेरै उच्च स्थानमा पाएको महशुस ब्यक्त गर्नु भयो भने जसको श्रेय बिशेष गरेर संस्थापक अध्यक्ष भक्त गुरुङ लगायत वहांको कार्यसमितिलाई जाने कुरामा कुनै २ मत नहोला भन्दै आफ्नो भनाई राख्नु भएको थियो। यसैगरि वर्तमान अध्यक्ष कोमल गुरुङको नेतृत्वमा रहेको कार्यसमितिले पनि स्याङ्जा जनसेवा समिति हङकङलाई हरेक क्षेत्रबाट उच्च स्थानमा पु-याएको उद्धाहरण त सबैको सामु छर्लङ्ग नै देखिन्छ। जुन कि खेल्कुद क्षेत्र तर्फ हालै मात्र स्याङ्जाले भलिबल जगतमा हङकङमा ह्याट्रिक गरेको छ भने सांस्कृतिक क्षेत्र तर्फ पनि आंधीखोला सांझ जस्तो सांस्कृतिक कार्यक्रम गरेर स्याङ्जा जनसेवा समितिको कोषलाई भारी मात्रामा अर्थ संकलन गरेको जो कोहि समक्ष प्रमाणित भई सकेको छ भन्दै यसको श्रेय अध्यक्ष कोमल गुरुङ लगायत कार्यसमितिलाई जाने भन्दै धन्यवाद ब्यक्त गरे भने यो छैटौं अधिवेशनबाट अढाई दशकदेखि हङकङमा आई बसोबास गरिरहेका पूर्बीउत्तरदेखि दक्षिणपश्चिम सम्मका स्याङ्जावासीहरुले सक्षम तथा असल नेतृत्वको एउटा चयन गर्न सकोस भन्दै अधिवेशनलाई पूर्ण सफलताको कामना ब्यक्त गरे।
अन्तमा कार्यक्रमको खुल्ला शत्रलाई समापन गर्दै अध्यक्ष कोमल गुरुङले उपस्थित प्रमुख अतिथि लगायत अन्य अतिथि र सम्पूर्ण स्याङ्जा जिल्लावासीहरुलाई उपस्थितिको लागि धन्यवाद ब्यक्त गर्दै स्याङ्जावासीहरुको जुनसुकै कार्यक्रममा पनि यसै प्रकारको उपस्थिति जनाई दिएमा स्याङ्जाको गौरव बढ्ने कुरा ब्यक्त गरे भने आफ्नो २ बर्षे कार्यकालमा भएको कमीकमजोरीलाई सुधार गर्ने अवसर अवश्य पनि स्याङ्जावासीहरुबाट प्राप्त हुनेछ भन्दै आउंने नयां कार्य समितिलाई अग्रिम शुभकामना पनि ब्यक्त गरे। यसैगरि हामी स्याङ्जावासीहरु फुटेर होईन जुटेर अगाडि बढ्नु पर्छ भन्दै पुरानो कार्यसमिति पनि बिघटन भएको जानकारी गराए ।
यसरी अधिवेशनको खुल्ला शत्रको अन्तपछि भने संस्थापक अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा समितिकै सल्लाहकार सदस्यहरु एमबी थापा मगर र याम गुरुङ सदस्य रहेको निर्वाचन मण्डल चयन गर्दै बन्द शत्रलाई पुन: निवर्तमान सचिव भोजेन्द्र गुरुङले सञ्चालन गरेका थिए । अध्यक्ष मण्डलकै आदेशमा निवर्तमान सचिव भोजेन्द्र गुरुङ्ले सांगठानिक प्रतिवेदन पेश गरे भने कोषाध्यक्ष श्रीमती रीता गुरुङ्ले आर्थिक प्रतिवेदन पेश गरेका थिए। अन्तत: सांगठानिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भई गडगडाहट ताली बजेको थियो। सांगठानिक र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भई सकेपछि अध्यक्ष मण्डलले आफ्नो प्रक्रिया अगाडि बढाउंने क्रममा उम्मेदवारी आहवान गर्दा केहि समय अध्यक्ष मण्डललाई केहि अप्ठ्यारोपन महशुस गराएका थिए। अन्तत: सर्वसम्मत रुपमा नै निवर्तमान अध्यक्ष कोमल कान्छा गुरुङकै नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरियो।
छैटौ अधिवेशनबाट नव-निर्वाचित पदाधिकारीहरुको नामावली :
१, अध्यक्ष – कोमल कान्छा गुरुङ
२, उपाध्यक्ष – ईश्वर गुरुङ
३, सचिव – भोजेन्द्र गुरुङ
४, सह-सचिव – रबिन थापा
५, कोषाध्यक्ष – चौ बहादुर गुरुङ
६, सह-कोषाध्यक्ष – प्रितम गुरुङ
७, सदस्य – टेमान सिं थापा
८, सदस्य – जिबन खांण
९, सदस्य – प्रसाद थापा
१०, सदस्य – राजु गुरुङ
११, दस्य – प्रेम गुरुङ
१२, सदस्य – एग्नेस थापा