
अहिलेसम्म पनि परिबर्तन हुन् नसकेको नेपाली समाजमा महिला माथिको विभेद यथावत नै छ, महिलालाई घरपरिवार मात्र होइन यो विभेदको दयारा सामाजिक संघ संस्थामा पनि उतिकै टड्कारो छ । यसैको परिणाम भन्नु पर्छ कुनै पनि संघ संस्थाको अध्यक्षको भन्ने प्रश्नमा जहिले पनि फलाना कुमार र फलाना बहादुरको नाम अघि आउछ । हुनत त तुलनात्मक रुपमा आदिवासी जनजाती महिलाहरु यस विभेदबाट अन्य समाजभन्दा धेरै नै उन्मुक्त छन् । यति हुँदा हुँदै पनि न्यु योर्कमा रहेका विभिन्न सामाजिक तथा जातीय संघसंस्थामा भने महिलाको नाम कि त सुन्न मात्र आउछ कि त एक दुइ जना थापनको लागि राखेको पाइन्छ । यस्तो अवस्था नेपालीहरुले सामाजिक संस्था सुरु गर्दा देखि आजको दिनसम्म यथावत नै रहेको छ ।
यो संकुती सोचाइलाई चुनौती दिंदै हेल्मो सोसाइटी अफ अमेरिकाले भने एक उदाहरण नै प्रस्तुत गरेका छन् । महिला र पुरुस भन्ने बाक्यलाई पर सर्दै यो समाजले संस्थाको सम्पूर्ण कार्यभार सम्हाल्नका लागि ११ सदस्शीय ह्याल्मो समाज अफ अमेरिकाको सम्पूर्ण पदाधिकारीमा महिलालाई स्थान दिएको छ । यो अवसर सस्था स्थापना कालदेखि तेश्रो पटक सम्मको अधिबेशनले दिलाएको हो । तेश्रो महादिभेसन सन् २०११ मा सम्पन्न भएपछी नै सस्थामा कविता ह्याल्मोको अध्यक्स्थामा ११ सदसिय महिला पदाधिकारीहरु रहेका छन् । महिलाले क गर्न सक्छन भनेर औला ताक्ने हरुलाई यसले महिले के गर्न सक्दैनन् भन्ने प्रश्न उल्टै थमाएको छ । अहिले यी ११ सदसिय महिला दिदि बहिनीको नेतृत्वमा विभिन्न कार्यक्रम संचालन हुँदै आएका छन् । हालसाल मात्र यस सस्थाले न्यु योर्कमा बर बि क्यु आयोजना गरेको थियो । सोहि अवसरमा पुरुस, महिला लगायत अन्य विभिन्न खेलहरु आयोजना गरेर सहभागीहरुलाई मनोरंजन प्रदान गरेको थियो । कार्यक्रममा महिला दिदि बहिनीको सक्रियताको कारण अत्यन्त प्रभाबकारी रहेको सहभागीहरुको भनाइ थियो । यस सस्थामा किन महिलामात्र भन्ने प्रश्नमा सस्थाकी एक पदाधिकारीको भनाइ छ;” पुरुषहरु हुँदा धेरै समस्या आइपरेकोले अहिले महिलाले यो संस्था चलाएको हो, तुलनात्मकरुपमा महिलाबाट संचिलित यो संस्थामा केहि समस्या छैन । हुन् पनि महादिबेश्बता चुनिएर आइसकेपछि उनीहरुले विभिन्न भेस भाषा, र सस्कार सस्कृति झल्कने कार्यक्रमहरु गर्दै आएका छन् ।
यसरि सधै महिलाई घरभित्रै राख्नु पर्छ भन्ने सोचले ग्रस्त नेपाली समाजलाई ह्याल्मो समुदायले एक उदाहरण प्रस्तुत गरेका छन् । सोहि प्रसंगमा महिला अधिकार र हकहितको लागि वकालत गर्दै गरेकी महिला महासंघ अमेरिकाकी अधक्ष्य संगिनी रनको भनाइ यस्तो छ; ” पुरुशारुमा सधै आफुमात्र अघि बढ्नुपर्छ भन्ने सगुरो मानसिकता छ यसबाट हाम्रो समुदाय बाहिर औना पर्छ, महिलालाई सधै देखावटी रुपमा मात्र संस्थामा राख्दै आउने संघ संस्थाले यसलाई एउटा उदाहरंको रुपमा लिनुपर्छ ।