प्रथम हंगकंग डान्स आइडल रेनु विबाह बन्धनमा बाधिइन

हंगकंग १६ सेप्टेम्वर, फियोना हंगकंगको आयोजना सम्पन्न हुने हंगकंग डान्स आईडलको पहिलो उपाधि जित्न सफल रेनु थापा राजिब राईसँग बिवाह बन्धनमा बाधिएकी छिन । श्रीमान राजिव बेलायती सेनामा कार्यरत भएकोले अब बेलायत तिर नै जाने सोचमा रहेको रेनुले बताइन । उनी २००९ हंगकंग डान्स आईडल भएकी थिइन । हाल सम्म हंगकंगमा चार जना डान्स आइडल भइसकेका छन ।
१५ सेप्टेम्वर आइतबारका दिन वान चाईको सन हुन्ग काई सेन्टर स्थित तामरीन्ड रेष्टुरेण्टमा आयोजना गरीएको प्रिति भोज भब्य समारोह विच सम्पन्न भएको छ । उक्त भोजमा देशी तथा विदेशी पाहुनाहरुको भब्य उपस्थिति रहेको थियो र सवै पाहुनाहरूले नबदाम्पतिलाई बधाई दिनु भएको थियो । प्रथम डान्स आइडललाई आश्चर्यमा पार्दै तिन जान डान्स आइडलले अन्य कालाकारहरुसँग युगल तथा एकल नृत्य प्रस्तुत गर्दै नबदाम्पत्ति रेनु र राजिबलाई नचाएका थिए । कार्यक्रम साह्रै रोचक र मनोरञ्जनपूर्ण भएको थियो । कलाकारहरुको बाक्लो उपस्थितिले गर्दा नृत्य गर्नेहरुले पालो पाएका थिएनन तर पछि समूहिक नृत्य शुरु भएपछि सवै जना जमेरै उज्यालो हुने बेलासम्म नाचेका थिए ।