आइएफजेका महासचिव कोस्टा र एफएनजे अध्यक्ष गाउँलेबीच ब्रसेल्समा भेटबार्ता

Read Time:4 Minute, 26 Second

केजिन राई र महेन्द्र पौडेल, ब्रसेल्स बेल्जियम, सेप्टेम्बर १२, नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष शिब गाउले तथा अन्तराष्ट्रीय पत्रकार महासंघ आइएफजे महासचिब बेथ कोस्टा बीच आईपीसी प्यालेस मुख्यालय ब्रसेल्स बेल्जियममा हिजो नेपालको पत्रकारिता र पत्रकारहरूको बिबिध बिषयमा छलफल सम्पन्न भयो ।

सो अवसरमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ ९आइएफजे०का महासचिव वेथ कोस्टाले नेपाली पत्रकारले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र श्रमजीवी पत्रकारका हितका सम्बन्धमा निर्वाह गरेको भुमिकाको प्रशंसा गर्नुका साथै नेपाली पत्रकारहरु आफ्नो सुरक्षा र व्यावसायिक हितका लागि एकतावद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गर्नु भयो ।
उक्त भेटवार्तामा महासंघका अध्यक्ष गाउँलेले नेपालमा प्रेस स्वतन्त्रताको स्थिति, पत्रकारको अवस्था र सूचनाको हकको पालना सम्बन्धमा जानकारी गराउँदै बढ्दो दण्डहीनता र खस्कदो मानव अधिकारको अवस्थाले पत्रकारहरुलाई आफ्नो व्यावसायिक कर्तव्य पूरा गर्न कठिन भैरहेको बताउनु भएको थियो ।
नेपालमा अहिले पनि पत्रकारहरु भौतिक र व्यावसायिकरुपमा असुरक्षित रहेको बताउँदै उहाँले अन्तर्राष्ट्रिय पत्रकार महासंघले असुरक्षित अवस्थामा पनि पत्रकारहरु आफ्नो कार्यस्थलमा कसरी सुरक्षित रुपमा पत्रकारिता गर्न सक्छन् भन्ने सम्बन्धमा (आइएफजे) को सहयोगको खाँचो औल्याउनु भयो ।

नेपाल पत्रकार महासंघ यूरोप शाखाको पहलमा यूरोप भ्रमणमा रहनु भएका  नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले ब्रसेल्सस्थित अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को मुख्यालयमा एकदिन अगाडी मात्र महासचिव कोस्टासंग सार्थक र उपलब्धीमुलक भेटबार्ता गर्ने एतिहासिक अवसर मिलेको हो ।
उक्त भेटवार्तामा  आइएफजेका मानव अधिकार तथा संचार मामिला प्रतिनिधि एर्नेष्ट सागाग र सुरक्षा विषयको तालिम हेर्ने अधिकारी आद्रिएन कोलीनको समेत उपस्थिति थियो ।
फ्रान्सको पेरिस स्थित गत २ सेप्टेम्बरमा सम्पन्न नेपाल पत्रकार महासंघ यूरोप शाखाको प्रथम अधिबेशन पश्चात जर्मनीको राजधानी बर्लिन ,बिगतको राजधानी बोन ,क्लोंन ,मुनस्टार ,नेदरल्यानडको आमस्टरडाम,डेनहाग ,रोत्रादाम,अतिविकसित सानो र सुन्दर युरोपेली मुलुक लक्जेम्बर्ग र लुभेन, अन्त्वेर्पेंन हुदै यूरोपको राजधानी मानिने ब्रसेल्स बेल्जियम भ्रमणमा पुगेका एफएनजे अध्यक्ष गाउलेले बेल्जियममा रहेका नेपाली पत्रकारहरू नेपाल पत्रकार महासंघ यूरोप शाखाका उपाध्यक्ष केजिन राई, केन्द्रीय सदस्य दिपक्ज्योती पौडेल ,पुराना पत्रकार पंचम अधिकारी र सन्तोष न्यौपाने संगै ब्रसेल्समा रहेको यूरोपेली संसद, यूरोपेली संघ र यूरोपियन कमिसनको समेत भ्रमण गर्नु भयो ।
स्मरण रहोस विश्वभरिका पत्रकार र त्यस सम्बन्धित सस्थाहरुको ब्रसेल्समा रहेको आइएफजेको  मान्यताप्राप्त सदस्यहरूमा नेपाल पत्रकार महासंघ र प्रेस युनियन मात्र रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %