एकल जातीय पहिचान स्थापित गराउन पूरानै मोर्चाबाट पार्टीमा संघर्ष गरिहेका छौ : एमाले नेता गुरुङ

Read Time:6 Minute, 37 Second

नयाँ पार्टी गठन गर्ने गरि एमालेमा अग्रगामी शक्ति निर्माण भएको थिएन । अग्रगामी विचार समूह अन्तर पार्टी संघर्ष गर्नका लागि गठन गरिएको थियो ।  जनजातिको मुद्धा पार्टी भित्र स्थापित गर्नका लागि निर्माण गरिएको विचार समूह थियो त्यो । आदिवासी जनजातिको मात्र पार्टी बनाएर चल्न सक्दैन भनेर सबै पार्टी भित्र रहेका जनजातिहरु पार्टी भित्रै बसेर जनजातिका मुद्धा स्थापित गराउँन लाग्नु पर्छ भनेर त्यसो गरिएको थियो ।
हामीले असहमति जनाएका  ९ बुँदा मध्ये धेर्रै बुदाँमा नेकपा एमाले सहमत भैसकेको छ । राज्यको पुनःसंरचनाको सवाल र हरेक क्षेत्रमा समावेशीताको सिद्धान्त लागू गर्ने कुरामा एमाले सहमत देखिन्छ । संविधानसभाको पुनःस्थापना पनि अहिले सहमति जनाएको छ । तर संविधानसभाको विघटनमा एमाले पनि कारक थियो तर त्यो अहिले स्वयत पत्र बनाएर आफू दोषी होइन माओवादी र मधेशवादी दोषी देखाएर आफूलाई चोक्याउँने काम एमालेले गरेको छ त्यो कुरा हामीलाई  चित परेको छैन । एमालेले त्यो विषयमा आफूले आत्मआलोचित गर्नु पर्छ । एकल पहिचान बाहेक सबै मुद्धामा एमाले सकारात्मक देखिएको छ । तर जातीय पहिचान सहितको पक्षमा एमाले देखिए पनि एकल पहिचानको आधारमा होइन बहुल पहिचानको आधारमा पार्टी संघीय प्रणालीमा जाने निर्णय गरेकाले यही नै अहिले उपयुक्त छ भनिरहेको अवस्था छ । यो मुद्धामा पार्टी भित्रै रहेर लड्ने विचारमा हामी ढृण छौ । यी माग पूरा नगरी पार्टी अगाडि बढ्न सक्ने स्थिति छैन त्यसैले अन्तर पार्टी संघर्ष गरेरै पार्टीमै बस्ने निर्णय गरेका हौ ।
एमाले भित्रबाट अलग हुने जनजातिहरुको फरक पार्टी बन्ने वाला छैन  । यस अगाडि कार्यदल बनाएर पार्टीको नाम र घोषणा पत्र जारी गरिएको पार्टीमै नयाँ ढंगमा त्यो विलय हुदै छ । त्यस कार्यदलको उदेश्य राजनीतिक दलका नेताहरुलाई नयाँ पार्टी खोल्नका लागि दवाव सृजना गर्ने नै थियो । जनजातिका मुद्धा लिएर हिड्ने जनजाति नेताहरु पार्टीबाट विद्रोह गरुन् भनेरै त्यस्तो गरिएको थियो । कार्यदल र एमालेबाट अलग हुने समूह बीच एक खालको सहमति नै भएको छ एक भएर जाने । पार्टीको नाम र विधानको विषयमा अहिले गृहकार्य गरिरहेका छन् ।
नेपालमा मनो इथनिक पार्टी चल्दैन । विगतका अनुभवले पनि त्यो सिद्ध गरिसकेको छ । उत्पीडनमा परेका सबैलाई सामेल गरि बहु जातीय र भाषिक पार्टी गठन गर्न सके मात्र त्यसले सफलता प्राप्त गर्न सक्छ । मधेशी र जनजाति भित्र पनि धेरै कुरामा भिन्नता छ । मधेशीहरु तराईमा थोरै प्रदेश चाहन्छन् । संघीयताका पक्षपाती भएकाले सहकार्य गरेर अगाडि बढ्न पनि नसकिने होइन । तर पहिचान एकल जातीय र साझा नाम सहितको प्रदेशमा तीन दलबीच सहमति कायम भयो भने हामीले उठाएको माग पूरा हुन्छ  । तीन पार्टीबीचमा त्यस कुरामा सहमति भयो भने नयाँ पार्टीको मुद्धा नै रहन्न । बाँकी कसरी राजनीति गर्ने र कसरी जनतालाई आफ्नो बनाउँने ? अरु मुद्धा त सबै पार्टीले उठाएकै छन् । एक मुद्धामा असहमति हुदैमा नयाँ पार्टी खोलिहाल्न हुन्न भनेरै म नयाँ पार्टीमा नजाने निर्णय गरेको हो ।
हामी पार्टीमा कमजोर रहँदा हाम्रा मुद्धा ओझेलमा पर्ने गरेका छन् । जब पार्टीको भोट बैंकमा असर पर्छ तब मात्र हाम्रा मागलाई सम्वोधन गरिन्छ नत्र वास्ता गरिन्न । कम्युनिष्ट पार्टीहरुले संघीयता समावेशीता अनि संविधानसभाको मुद्धा केवल कागजी मुद्धा मात्र बनाइरहेका छन् । तर हामीले हाम्रा माग त्यही पुरानो मोर्चाबाट पूरा गर्न खोजी रहेका छौ ।
पद्को लोभको कारण पार्टी नछाडेको भन्ने आरोप पनि म लगायत धेरै साथी माथि लगाउँन थालिएको छ तर पद्को लोभ भएको भए हामीले सिङ्गो पार्टीलाई चुनौति दिएर हिड्दैन्थ्यौ ? त्यो कुरा पार्टी छोडेर जानेहरुले म माथि लगाउँदै हुन् । हिजो उच्च पदमा पुगेर मैले काम गरेको  छु । एमालेले सचिव पद दिदा पनि मैले त्यस वेला अस्वीकार गरेको थिए । उपाध्यक्ष पाउँने लोभमा पार्टीमै बस्यो भनेर पनि म माथि लान्छना लगाउँने काम गरिएको छ, तर म उपाध्यक्ष खान सक्ने हैसियत भएको मान्छे हो । कसैले छोडेर गएको ठाउँ पाइएला भनेर बस्ने मान्छे पनि होइन । पार्टी छाडेर गए पनि जनजातीहरु आफ्ना मुद्धामा एक हुनु पर्छ  । मुद्धा उठाउन गर्ने स्थान फरक होला उठान एउटै हुनु पर्छ । साझा मुद्धामा एक हुनु पर्छ सडक र सदन दुवैमा ।
(राज्यसत्ता नेपाल व्युरोले एमाले नेता पृथ्वी सुब्वा गुरुङसंग गरेको कुराकानीमा आधारित )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %