कामचलाउ सरकारले बजेट ल्याउन मिल्दैन : डा भट्टराई

Read Time:2 Minute, 56 Second

विराटनगर, १४ कात्तिक 

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले राजनीतिक अन्यौलताको कारण आर्थिक क्षेत्रमा अस्थिरता आएको बताएकाछन् ।

संयुक्त सरकार निर्माण गरेर पूर्ण बजेट आउनुपर्नेमा जोड दिँदै पूर्व अर्थमन्त्रीसमेत रहनुभएका एमाओवादी वरिष्ठ उपाध्यक्ष भट्टराईले कामचलाउ सरकारले बजेट ल्याउँदा कुनै अर्थ नहुने प्रष्ट पारे ।

उनले  वर्तमान कामचलाउ सरकारले नैतिकरुपमा बजेट ल्याउन नमिल्नेसमेत उल्लेख गरे

उपाध्यक्ष डा भट्टराईले आर्थिक पत्रकार मञ्च विराटनगरद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुराहरुमा जोड दिए ।

उनले  कामचलाउ सरकारले बजेट ल्याउँदा जवाफदेहिता नहुने एवम् कार्यान्वयन पक्ष फितलो हुने बताए ।

नियमित बजेट आउन नसक्दा व्यावहारिकरुपमा समस्या आएको स्वीकार्दै उपाध्यक्ष भट्टराईले रु २९ अर्बको विकास बजेट छुट्याएकोमा रु १६ करोडमात्र खर्च भएको दाबी गरे ।

यसैगरी  उनले क्रान्तिकारी पत्रकार सङ्घ मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शान्ति, संविधानप्रति आफ्नो पार्टीको प्रतिबद्धता व्यक्त गरे ।

त्यसका लागि राष्ट्रिय सहमतिको कुनै विकल्प नभएको बताउँदै उहाँले राष्ट्रिय संयुक्त सरकार अहिलेको आवश्यकता हो र त्यसको विरोध गर्नेलाई जनताले नङ्ग्याउने उल्लेख गरे।

एक जिज्ञासामा उहाँले नेपालको आर्थिक तथा समग्र विकासको निम्ति भारत, चीन र नेपाल तीन छिमेकी राष्ट्रहरुबीच समन्वय कायम हुनुपर्ने जरुरी भएको स्पष्ट पारे ।
उनले पार्टीभित्र कुनै किसिमको गुटबन्दी नभएको दाबी गर्र्दै शान्ति, संविधान र संयुक्त सरकार यी तीन कुराको अन्तरसम्बन्ध रहेको बताए ।

यस्तै उहाँले एमाओवादी नागरिक पार्टी भएकै कारण शान्ति प्रक्रियामा आएको  स्पष्ट पारे

एमाओवादी उपाध्यक्ष भट्टराईले शीर्ष नेताहरु प्रधानमन्त्री पदको दौडमा भएकै कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेको बताउँदै आफू त्यस दौडमा नभएको स्पष्ट पारे ।

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %