लुम्बिनी वेलफेयर सोसाइटि युएईको पुर्नगठन

Read Time:5 Minute, 29 Second

भाद्र १७, राजु खडका दुबइ, सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा रहेको लुम्बिनी वेल्फेयर सोसाइटीको पुनर्गठन गरिएको छ । लामो समय देखी केही पद रित्त भएका तथा सोसाइटीलाई थप बलियो बनाउने उद्देश्यले २४ अगस्तमा दुबईको जाविल पार्कमा गरिएको चियापान कार्यक्रमा जानकारी गराइए बमोजिम लुम्बिनी वेलफेयर सोसाइटिको पुनर्गठन गरिएको हो ।
गत शुक्रबार दुबईको एभरेष्ट होटलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लुम्बिनी वेलफेयर सोसाइटिको पुनर्गठन गरिएको हो ।बिगत लामो समयदेखि युएईमा क्रियाशिल रहेको लुम्बिनी वेलफेयर सोसाइटिले प्रवासमा नेपाली समुदायमा आईपर्ने बिभिन्न समस्याहरु समाधानमा सहयोग गर्दै अन्य संघ सस्थाहरुसँगको सहकार्यमा समसामयिक बिषयहरुमा आफ्नो सहभागिता जनाउदै आएको थियो । बिशेष गरेर रोजगारीको सिलसिलामा लुम्बिनी अंचलका ६ जिल्लाहरु (अर्घाखाँची, पाल्पा, गुल्मी, रुपन्देहि, कपिलबस्तु र नवलपरासि) बाट युएईको बिभिन्न इमिरेट्समा छरिएर रहेका सामाजिक सेवामा क्रियाशिल समाजसेवीको सकृयतामा स्थापना भएको लुम्बिनी वेलफेयर सोसाइटिले स्थापनाकाल देखि नै बिभिन्न सामाजिक सहयोगका कार्यहरु गर्दै आएको छ ।
लुम्बिनी वेलफेयर सोसाइटिको पुनर्गठन सगै अध्यक्षमा पुन डि. एल. शर्मा मनोनित भएका छन भने तीन उपाध्यक्षमा क्रमश स्राजु खडका (अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष), होम बहादुर भाट, र नारायण बि. सि. रहेका छन।  महासचिव सचिव कोषाध्यक्ष र सह कोषाध्यक्षमामा क्रमशस् विजयराज पाण्डे,बरुण खनाल, यम बहादुर घर्ति र बाबुराम पौडेल रहेका छन ।
सोसाइटिलाई आगामि दिनहरुमा अझ व्यवस्थित र सबैको पँहुच योग्यको बनाउनका लागि केहि समन्वयकर्ताको पनि व्यावस्था गरिएको छ । जसमा ब्यबस्थापक गोपि भुसाल, संचार समन्वयबमा कृष्ण बि। क।,जनसंपर्क समन्वयबमा नेत्र ठानेप, सामाजिक सन्जाल ब्यबस्थापकमा नेत्र शर्मा, महिला बिभागमा बुजु खनाल रहेका छन ।
यस बाहेक लुम्बिनी अंचलका सबै जिल्लाहरुबाट प्रतिनिधि समेत राखिएको छ । अर्घाखाँचीबाट बसन्त खड्का, पाल्पाबाट श्रीधर बस्याल, रुपन्देहिबाट हरि जयसवाल, नवलपरासिबाट बिष्णुहरी, कपिलबस्तुबाट हरि घिमिरे तथा गुल्मीबाट राजु परियारलाई चयन गरिएको छ । वैकल्पिक सहस्यहरुमा ऋषि भण्डारी, गोपाल शर्मा, बाबुराम भुसाल,कौशल बस्याल,दोर्ण बहादुर जि. सि., खुम बहादुर आले, सिता भुसाल, सरस्वति कोइराला रहेका छन ।

सोसाइटिले सल्लाहकारमा अग्रज तथा केहि सामाजिक व्यक्तित्वहरु भगत नारायण बेलबासे, लाल बहादुर ढेंगा, राजु भट्टराई, प्रकाश कोइराला, शेखर ज्ञवाली, गिरमान थापा मगर लाई चयन गरेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष डि. एल. शर्माले लुम्बिनी वेलफेयर सोसाइटिको इतिहास र विगतमा यसले गरेका क्रियाकलापको बारेमा बताउदै सोसाइटिको आफ्नै बिस्तृत बिवरण सहितको वेभसाइट संचालन र सोसाइटिलाई बिश्वव्यापि संजालका रुपमा व्यापक बिस्तार गर्ने काम भइरहेको जानकारी गराउदै नयाँ सदस्यहरुलाई शुभकामना दिएका थिए । मन्तव्यको क्रममा सोसाइटिका उपाध्यक्ष तथा अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष राजु खडकाले सामाजिक सेवामा हामी सबैको उत्तरदायित्व भएकाले सहकार्यका लागि सहभागि हुन सबैलाई आग्रह गरेका थिए ।
 

 
नयाँ कार्य समितिको गठनका सगैं सोसाइटीले बिधान संशोधनको लागि अध्यक्ष डि।एल। शर्मा तथा उपाध्यक्ष राजु खडका लाई जिम्मेवार दिएको छ । सोसाइटिले वेभसाइट संचालनको लागि यसको डिजाइन र तयारीका लागि सचिव  बरुण खनाल, उपाध्यक्ष राजु खडका र संचार समन्वयबमा कृष्ण बि।क। लाई जिम्मेवारी दिएको छ ।
कार्यक्रम सोसाइटीका अध्यक्ष डिएल शर्माको शभापतित्व,सचिव बिजय पाण्डेको संचालनमा सम्पन्न भएको थियो।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %