भद्रपुर, १३ कात्तिक
झापाको चारआलीस्थित इन्द्रध्वज गणका एक सिपाहीको गएराति अनारमणि–३ मा सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।दाङ जिल्लाको तुलसीपुर बस्ने इन्द्रजित घर्तीमगरको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
उनी मोटरसाइकलमा गइरहेको अवस्थामा मोटरसाइकल सडकको रेलिङमा ठोकिएपछि गम्भीर अवस्थामा घाइते भएपछि उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रासस