सिड्नीमा मगर समाज अस्ट्रेलियाको पहिलो बार्षिकउत्सब

Read Time:3 Minute, 30 Second

मगर समाज अस्ट्रेलियाको पहिलो वार्षिकउत्सब धुमधामका साथ मनाइयो । बिदेशमा रहे पनी मगर संस्कृति, भेष भुषा, भाषा र नाच गानको परम्परालाई निरन्तरता दिदै भाबी पिडीलाई हाम्रो गौरबमय संस्कृति हस्तान्तरन गर्ने उदेश्यले सन २०११ मा मगर समाज अस्ट्रेलियाको स्थापना भएको थियो ।
मगर भाषा सिकाउने कार्यक्रमको थालनी, विश्व कै होचो ब्यक्ती डाङीको अभिनन्दन, माघे सन्क्रातीको पूजा, आदीबासी दिवसमा मगर नाचको सहभागीता तथा युवालाई खेल्कुदमा सहभागीता गराउनको लागि युथ क्लबको गठन जस्ता कार्यक्रमहरु एक बर्षको छोटो अबधी मै समाजले सफलताका साथ सम्पन्न गरेको छ।
औपचारिक कार्यक्रमको सन्चालन मगर समाज अस्ट्रेलियाका सचिब नबिन रानाले गर्नु भएको थियो भने बाँकी मनोरन्जनको कार्यक्रम दिपेश पुनले सम्हाल्नु भएको थियो । कार्यक्रम उपाध्यक्ष अनिल थापा मगरको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने तेस पश्चात अध्यक्ष राजेन्द्र थापा मगरले समाजको दायीत्व र उदेश्यको बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा गोरे बहादुर खपाङी, एम एस थापा, नेपाल मगर बिद्यार्थी संघका अध्यक्ष रेनुका कौचा मगर, नेपाल मगर संघका अध्यक्ष महेन्द्र थापा मगर, जीत बहादुर सिन्जाली, मगर साहित्य प्रतिस्ठान अध्यक्ष सन्जोग लाफा मगर, नेपाल मगर संघका संस्थापक महासचिब सुरेश आले मगरहरुले भिडियो मार्फत शुभकामना सन्देश पठाउनु भएको थियो ।
कार्यक्रममा कलाकारहरु नान्सी पुन मगर, क्रिश्टल राना मगर, झुमा राणा मगर, अशोक दर्लामी मगर, कल्पना राना मगर, ललित थापा मगर, पुनम थापा मगर र सुरेन्द्र पुन मगरले मगर तथा आधुनिक नृत्यहरु प्रस्तुत गर्नु भएको थियो भने कौडा नृत्यलाई कार्यक्रममा बिशेष स्थान दिइएको थियो । कल्पना राना मगर र अशोक दर्लामी मगरले पहिलो पल्ट कौडा नृत्य गरेको भन्दै संस्कृति र पहिचान अरुलाई मात्र संरक्षण गर है भनेर मात्र नपुग्ने, आँफै सिकेर नाच्दा एउटा भिन्दै किसिमको अनुभूति हेने गरेको बताउनु भयो । ललित थापा मगरले पनि आफुले अझै मेहनत गरी सिकेर आफ्नो सानी छोरीलाई पनि सिकाउछु भन्दा सबै दङ परेका थिए । हुन पनि भाषा, संस्कृति तथा आफ्नो पहिचान अरुलाई जोगाउ भन्नु भन्दा हरेक मगरले आँफैले प्रयास गरे मगर संस्कृतिको जगेर्ना गर्न थप टेवा पुग्ने थियो भन्ने लेखकलाई पनि लागेको छ।
भुवन पुन,
सिड्नी, अस्ट्रेलिया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %