भिम बरही मगर, २६ अगष्ट, भारतिय भूतपुर्व गोर्खा सैनिक संगठन हंगकंगले आयोजना गरेको भी सी स्मृति सांझ दोस्रो कार्यक्रममा प्रमुख आतिथ्या ग्रहण गरी सम्बोधनको क्रममा भी सी राम बहादुर लिम्बुले २४ जना बैरीको एकै चिहान बनाएको बताए । २१ नोभेम्वर १९६५ मा इन्डोनेशियामा लडाइ लड्दा म दश गोर्खा पल्टनमा लान्स कर्पोरल भएकोले मेरो कमान्डमा भएको अगाडिको साथी टाउकोमा गोली लागेर ढल्यो भने पछाडिको साथी पेटमा गोली लागेको रहेछ र आन्द्रा भुडी नै भुइ भरी भैराखेको रहेछ । अनि उनीहरुलाई घिसार्दै लगेर दुवै जनालाई सुरक्षित एकै ठाउंमा राखे । अनि दुइवटा ग्रीनेड मुखले पीन तानेर दुश्मनको बंकरतिर फाले । त्यो ग्रीनेड दुश्मनको बंकर भित्र छिरेछ र बंकर नै उडाइ दियो, त्यसपछि बांकी रहेकोलाई गोली हानी मारे । त्यसैले म भी सी पाउन योग्य भएछु र पल्टन फर्केको दुइ महिनापछि मलाई दिने घोषणा भयो, यसरी पाए । भी सी लिम्बु परीवार सहित हाल यू के बसोवास गरी रहेका छन तर हंगकंग आउदा भने नेपाल हुदै श्रीमतीका साथ आएका हुन ।
कार्यक्रमलाई सफल पार्नको लागि चर्चित लोक गायिका संगीता थापा मगर, चर्चित लोक गायक राज गुरुङ र आधुनिक गीतका चर्चित गायक शम्भु राईलाई नेपालबाट ल्याइएको थियो । लोक तथा आधुनिक गीतले हल निकै जमेको थियो । स्थानिय कलाकारहरुले पनि गीत तथा नृत्य प्रस्तुत गरेका थिए । संघकै भू पु सदस्यहरुद्धारा टेवल ड्रील र खुकुरी नृत्य रोचक रुपमा प्रस्तुत गरीएको थियो । हल पनि दर्शकहरुको खचाखच भिडले भरीएको थियो । कार्यक्रम संयोजक मुक्काजी गुरुङलाई कार्यक्रम सफल रह्यो र किन भी सी सांझ गर्नु भयो भन्दा यो भी सी को सम्मानको लागि गरीएको बताए ।
याउ मा तेई कम्यूनिटी हलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता ग्रहण गरी समापन सम्बोधनमा अध्यक्ष जंग बहादुर गुरुङले सवैलाई धन्यावाद दिएका थिए । उपाध्यक्ष जजिन चाम्लिङले स्वागत मन्तब्य दिएका थिए भने सचिब दर्योधन लिम्बुले सञ्चालन गरेका थिए । भी सी लिम्बुलाइ सम्मान पत्र र दुवोको माला पहिर्रयाएर सम्मान गरीएको थियो । अन्य अतिथिहरुमा गेसोका अध्यक्ष पदम बहादर गुरुङ तथा भारतिय बाणिज्यदूत चन्द्र भाङ लगाएत हंगकंगका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, ब्यापार ब्यबसायीहरु रहेका थिए ।
२४ जना दुश्मन मांरे : भी सी लिम्बु
Read Time:3 Minute, 31 Second