ओलम्पिकमा गोर्खालीको सहभागिता, पारा-ओलम्पिकमा राना मगरले भाग लिने

Read Time:1 Minute, 58 Second

पारा-ओलम्पिकमा १ आर जी आर का नेत्र राना मगरले बसेर खेल्ने भलिबल खेलमा भाग लिने 

नेत्र राना मगर

 

 

 

 

 

बिजय हितान, यू के, गोर्खाली लाहुरेहरूको ओलम्पिकमा सहभागिता ज्यादै पुरानो छ । सन १९६४ को टोक्यो ओलम्पिकमा ब्रिगेड अफ गोर्खाज ६ जी आर का नामसिङ थापा मगर, ओमप्रसाद पुन मगर, रामप्रसाद गुरुङ, र भिम बहादुर गुरुङले नेपालको प्रतिनिधित्व गर्दै भाग लिनु भएको रहेछ । आज फेरि आएर ब्रिगेड अफ गोर्खाजकै अर्का सदस्यले पारा-ओलम्पिकमा भाग लिंदै हुनुहुन्छ ।  

 

      

 

 

 

 

 

लन्डन २०१२ पारा-ओलम्पिकमा १ आर जी आर का सदस्य नेत्र राना मगरले बसेर खेल्ने भलिबल खेलमा टीम जीबी को तर्फबाट सहभागिता जनाउदै हुनुहुन्छ । स्मरण रहोस नेत्र राना मगरले सन २००८ मा अफ्गानिस्तानको युद्दमा आफ्ना दुबै खुट्टा गुमाउनु पर्यो । २९ अगस्टबाट शुरु भएको पारा-ओलम्पिक खेलमा उहाँको प्रारम्भिक चरणको म्याच ३० अगस्ट र २ सेप्टेम्बरमा हुने भनिएको छ र यू केको च्यानल ४ टेलिभिजनमा प्रत्यक्षा प्रसारण हेर्न सकिने छ ।   
एक नेपाली भएर बेलायतको प्रतिनिधित्व गर्दै ओलम्पिक जस्तो महत्वपुर्न खेलमा भाग लिने उहा सायद पहिलो ब्यक्ति हुनुपर्छ । हामी सम्पुर्ण बेल्पाली (बेलायती नेपाली)  उहांप्रती गौरभ मान्दै र उहांबाट पदकको आशा राख्दै शुभकामना दिन चाहन्छौं ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %