विराटनगर, १३ कात्तिक
एकीकृत नेकपा (माओवादी) उपाध्यक्ष बाबुराम भट्टराईले अहिलेको काम चलाउ सरकारलाई बजेट ल्याउने संवैधानिक अधिकार नभएकाले नयाँ सरकार गठन भएपछि मात्र पूर्ण बजेट प्रस्तुत गर्नुपर्ने वताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष भट्टराईले यो सरकारले राजीनामा दिइसकेकाले यसै महिनाभित्र नयाँ सरकारले बजेट ल्याउनुपर्छ वताए ।
शान्ति र संविधानका लागि आफ्नो पार्टीले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएको उल्लेख गर्दै उहाँले नयाँ सरकार गठन गर्न नेकपा (एमाले) र नेपाली काँग्रेसले आ–आफ्ना अडान त्याग्नुपर्ने बताए । एक प्रश्नको जवाफमा उपाध्यक्ष भट्टराईले यही महिनाभित्र सहमतिको राष्ट्रिय सरकार गठन नभए मुलुक गम्भीर सङ्कटमा पर्ने चेतावनी दिए ।
रासस