साउदी अरबियामा १८ औ विश्व आदिवासी दिवस मनाइयो

Read Time:4 Minute, 16 Second

नेआजम, रियाद, साउदी अरबिया, नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबियाले गत १९ अगस्तमा आयोजना गरेको १८ औ विश्व आदिवासी दिवस भब्य रुपमा सम्पन्न भयो । साउदी अरबियाको धार्मिक परिस्थितीलाई मध्य नजर गर्दै १० दिन पछि आयोजना गरिएको १८ औ विश्व आदिवासी दिवस महासंघका अध्यक्ष श्री हुम सुनारी मगरको सभापतित्वमा सम्पन्न समारोहमा नेपालबाट आउनु भएका संयुक्त राष्ट्रसंघ, आदिवासी स्थायी फोरमका पूर्व उपाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ, केन्द्रिय समितिका पूर्व महासचिव प्रोफेसर पर्शुराम तामाङ प्रमुख अतिथिको रुपमा सहभागी हुनु भएको थियो ।

१८ औ विश्व आदिवासी दिवस समारोहमा वेष्टर्न मिचिगन युनिभर्सिटी, अमेरिकाका प्रोफेसर तथा संघिय मामेला सम्बन्धी बिशिषज्ञ डा. महेन्द्र लावतीको पनि स्काइप द्वारा सहभागिता रहेको थियो । प्रमुख अतिथि, प्रोफेसर तामाङ र डा. लावतीले जातिय पहिचान सहितको संघियतालाई स्पष्ट पार्दैयसलाई संस्थागत गर्न सम्पुर्ण संघियवादी शक्तिहरूको समायोजन हुनु पर्ने धारणा राख्नु भएको थियो ।

उक्त समारोहमा साउदी अरबियामा स्थापित बिभिन्न जातिय तथा गैर जातिय संघ संस्थाका प्रतिनिधिहरू लगायत करिब चार सय जति प्रवासी आदिवासी जनजातिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो । तमु धी साउदी अरबका प्रतिनिधिहरूको ब्यानर र झाँकी सहित सहभागीता रहेको थियो । कार्यक्रमलाई सफल पार्न इतिहाद एअर लाइन्स, फ्रेन्डी मोबाईल, हम्दान इम्प्लोय्मेन्ट नेपाल र सगरमाथा कार्गोको प्रत्यक्ष प्रायोजन रहेको थियो भने महासंघ, साउदी अरबियाका केन्द्रिय सदस्यहरू श्री बिशाल तामाङ, श्री किरण बिक्रम लिम्बू (कार्यक्रम संयोजक तथा वरिष्ट उपाध्यक्ष), अनुप दनुवार र राम शरण श्रेष्ठले तन मन र धनले सहयोग गर्नु भएको थियो । कार्यक्रमको बीच बीचमा आदिवासी जनजाति कलाकारहरूको गीत संगीतका रोचक प्रस्तुतिहरू रहेको थियो भने मिथिला एकता समाज, साउदी अरेबियालाई पनि एक झाँकी प्रस्तुत गर्ने अबसर दिइएको थियो ।   

महासंघ, साउदी अरबियाका सचिव श्रीमती लेकी शेर्पा, कोषाध्यक्ष श्री बिमल थापा मगर र केन्द्रिय सदस्य श्री पूर्ण लिम्बूद्वारा संचालित उक्त समारोहमा बिशेष अतिथिको रुपमा नेपाली दूताबास, साउदी अरेबियाका सहचारी श्री टंक राईको सहभागिता रहेको थियो । कार्यक्रमका सभापति श्री हुम सुनारी मगरले हामी प्रबासमा बस्नेहरूको पेशा राजनिति नभए पनि आदिवासी जनजातिको मुद्धाहरूलाई संस्थागत गराउनको लागि विश्वको बिभिन्न राष्ट्रहरुमा प्रवासी जीवन बिताइरहनु हुने सम्पुर्ण आदिवासी जनजातिहरूले यसलाई नजिकबाट बुझ्नु पर्ने र नेपालका संघियवादी पक्षहरू एक ठाउँमा आइ नेपालमा अबिलम्ब यसलाई संस्थागत गराउनमा जोड दिनु पर्ने धारणा ब्यक्त गरेका थिए ।

B Thapa, Saudi Arabia

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %