सुमन बुढा मगर , न्यु योर्क, अमिरिकाको न्यु योर्क सहर स्थित ज्याक्सन हाइटको नोर्लिंग रेस्टुरेन्टमा अगस्त १२ को दिन बेग्लै किसिमको एक कार्यक्रमको रौनक छायको थियो । गायिका पविता परियारले नोर्लिंग रेस्टुरेन्टमा ३ बर्ष देखि गीत गायर कमायको टिप्सबाट केहि रकम (नेपाली रुपैयाँ) ५० हजार नगद क्यान्सर पीडित महिलाहरुको सहयोगको लागि काम गर्दै आएको सपोर्ट नेपाल नामक सस्थालाई प्रमुख अतिथीज्यूको हातमा हस्तान्तरण गर्नु भएको थियो । प्रमुख अतिथि मार्फत सो रकम सपोर्ट नेपालका अध्यक्ष संगीता श्रेष्ठलार्इ पछि हस्तान्तरण गरिनेछ ।
गायिका पबिता परियारको पहिलो गीति एल्बम तीजको सम्झना आयो बरी लै, गायक सुमन बुढामगरको शब्द र संगीतमा तयार भएको सो गीति एल्बम प्रमुख अतिथि अमेरिकाको लागि नेपाली मिनिस्टर कन्सुलर अमृत कुमार रार्इको बाहुल्यबाट एक भब्य समरोह बीच बिमोचन भयको थियो । कार्यक्रममा बिमोचन संग संगै कोरियो ग्राफर विजय नकर्मी द्वारा निर्देशित र क्यामरामेन शम्भु मोक्तानले अमेरिकाको न्यु योर्क शहरमा छायाकन गरेको सोहि गीति एल्बमकै ११ मिनेट लामो भिडिओ प्रदशन पनि गरिएको थियो । भिडिओ हेर्दा रातो सारीमा सजिएकी दिदि बहिनीको आँखाबरी आँशु देखिन्थ्यो । बाल्टिमोरबाट आउनु भएकी रबिना थापाले १० बर्ष सम्म नेपालमा रहनु भएको माइती संग तीज मान्न नपाएको पिडालाइ सम्झिदै गह बरी आशु झार्दै यो त मेरै कथा जस्तो लाग्यो भन्नु भयो । तर पनि जापानदेखि अमेरिकासम्म नेपाली नारीहरुलार्इ एक ठाउमा जम्मा पारी दुख सुखको तीजलार्इ मान्न नछोडेको कुरा पनि ब्यक्त गर्नु भएको थियो। सुमन इन्टरटेन्टमेन्ट एलएलसी द्वारा विदेशबाट र कलाकृति नेपाल डिजिटल प्रा. लि. ले नेपालबाट बजार ब्यबस्थापन गरेको सो बिमोचन समारोहको कार्यक्रम संचालन साङ्गे ह्योल्मोले गरेका थिए भने कार्यक्रमको सभापति नर बहादुर रानामगरले गर्नु भएको थियो । सो अबसरमा प्रमुख अतिथि रार्इले गायिका पविता परियारले आफ्नो जिबनको पहिलो गीति एल्बम नेपाली पर्ब तीजको अवसर पारेर तीजकै गीत निकालेकोमा परियारलाई सफलताको शुभकामना दिनु भयो । सो गीति एल्बममा दुइ वोटा गीत समाबेश रहेको छ । गीतमा परदेशमा रहेका दिदि बहिनिको पिडा लाइ बुलन्द तरिकाले उतारेको आफ्नै ठाउँ र आफ्नै देशमा भाको जस्तै हुन्न, तीज आउछ दसैँ आउछ आकोजस्तै हुन्न भन्ने शब्द र संगीत सुन्दा साइत परदेशमा रहनु हुने जो कोहि पनि दिदि बहिनिहरुको आँखा नरसाउलान जस्तो लाग्दैन । गीतको अर्को साइटमा भने परदेशमा रहनु भयका दिदि बहिनिहरुलाई रमाइलो कुरातिर लान खोजेको छ आज त तीजको मेलैमा बोलि त न्यु योर्कको रेलैमा कहिले हंगकंगको रेलैमा जापानको रेलैमा कहिले यु केको रेलैमा भन्ने शब्दहरुले संसार भरि छरिएर रहेका नेपाली दिदि बहिनिहरुलाई समेट्न खोजेको देखिन्छय । शब्द र संगीतको मर्मलाइ गायिका पाबिता परियारको स्वर र गाउने शैलीले झनै मिठास ल्याएर न्याए दियको देखिन्छ । साइत आफ्नो पाँच बर्से माइती र ,साथीसंगी संगै आफ्नो देश नेपालमा तीज मनाउन नपायको पिडा भएकोले पनि हुन् सक्छ । पोर सालको तीज आउदा नेपाल जान पाइन , यसपाली त जान्छु भने झनै फुर्सद भइन , परदेशी दिदि हो आऊसंगै नाचौ बरी लै सुख दुख मिलेर संगसगै बाडौ बरी लै । यस्तै प्रत्यक शब्दमा स्वर र भाबलाइ उस्तै तरिकाले प्रस्तुत गरेको छ ।अचम्मको कुरा त् यो छकि गायिका पाबिता परियार संग नेपाली संगीत क्षेत्रमा भयका प्रतिष्ठित गायिकाहरुमा भएको गाउने क्षमता र उनीमा स्वरको स्तरिएता हुदा हुदै पनि अमेरिका आयर मात्र आफ्नो एकल गीति अल्बम निकाल्ने अवसर जुरेको छ । तर पनि रेडियो नेपाल र नेपाल टेलिविजन देखि न्यु योर्क सम्म पुग्दा उनलाई गायिका भनेर नचिन्ने साइत कमै मात्र होलान । तेसैले अमेरिकामा हुने नेपाली कार्यक्रम हरुमा प्राय उनलाई देखिन्छ । कार्यक्रममा पोर्फेसर डाक्टर तारा निरौला, डाक्टर गोबिन्द कोइराला, सिन्दू वेलफेर सोसाइटी अमेरिकाको अध्यक्ष बंशलाल मोक्तान, आदिबासी जनजाती महासंघ अमेरिकाको कार्यबाहक अध्यक्ष बिनोद पोमु , महासचिब दिपेश लिम्बु , यु एस नेपाल कल्चर एशोसियशनका अध्यक्ष थानेस्वर राइ ,रिजउड नेपाली समाजको अध्यक्ष श्री पराजुली , नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टरका संयोजक कृष्ण पोखेरल , नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टरका अध्यक्ष नबिन शेरचन , तामांग सोसाइटी अमेरिकाका अध्यक्ष सांगे रुम्बा , निबर्तमान अध्यक्ष भरत लामा , कस्केली समाज बाल्टिमोरको अध्यक्ष नारायण थापा लगायत संघ सस्थाका अध्यक्ष , बुद्दिजिबी र कलाकारहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । कार्यक्रममा अमेरिकामा सामाझिक क्षेत्रमा बिसेष योगदान दिनुहुने १२ जना नेपाली महिलाहरुलाइ दोसल्ला ओडाई सम्मान पनि गरिएको थियो । सम्मानित हुने महिलाहरुको नाम एस प्रकार छ ।
१. बरिस्ठ गायिका सपना श्री परियार, न्यू योर्क
२. म्रिदुला कोइराला, राजनीतिककर्मी नेत्री, न्यू योर्क
३.बिष्णुमाया परियार, संस्थापक, इम्पावोर दलित वुमन अफ नेपाल, बोस्टन
४. रबिना थापा, निबर्तमान अध्यक्ष, बाल्टिमोर नेपालीज एसोसियसन (बाना)
५. लुना रन्जित, कार्यकारी निर्देशक, अधिकार, न्यू योर्क
६. नर्बदा छेत्री, मानबअधिकारकर्मी, अधिकार, न्यू योर्क
७. कविता ह्योल्मो, अध्यक्ष, ह्योल्मो सोसाइटी अफ अमेरिका
८. तारा गुरुङ, अध्यक्ष, तमु समाज, क्यालिफोर्निया, नायिका तथा बरिस्ठ कलाकार
९. संगिनी राना मगर, अध्यक्ष, नेपाल आदिबासी जनजाति महिला संघ अमेरिका, न्यू योर्क
१०. पुर्णिमा ह्योल्मो, समाजसेवी, न्यू योर्क
११. बिष्णुमाया परियार, उपाध्यक्ष, नेपाल भारत दलित मैत्री संघ, न्यू योर्क
१२. सिता खरेल, अध्यक्ष, युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम
१२ जना महिलाहरुलार्इ सम्मान गरेको देख्दा महिला नेतृहरुले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर भएको महसुश संगै कार्यक्रमको महोल्नै बेग्लै भएको थियो ।
अमेरिकाबाट क्यान्सर पीडित महिलाहरुको लागि नेपाली रुपैयाँ ५० हजार सहयोग
Read Time:9 Minute, 3 Second