Indira Chongbang, न्यु योर्कमा रहेका आदिवासी जाति युवाहरुले एक बृहत भेलाको साथ अर्न्तराष्ट्रिय दिवस २०१२, प्रथम पटक सम्पन्न गरेको छ । आदिवासी जनजाती महिला महासंघ अमेरिकाको सहयोगमा गठित युबाहरुको यो कार्यक्रम पनि सोहि सस्थाको संयोजनमा सम्पन्न भएको हो ।
आजका युवा नै भोलिको कर्णधार हो भन्ने भनाइलार्इ सार्थकता दिंदै संगठित युबाहरुको जमातले उक्त अवसरमा आफ्नो लुकेको कला प्रदर्शन गर्ने अवसर समेत प्राप्त गरेका थिए । बिदेशी भूमिमा नेपालको सम्झनालाई सधै ताजा दिने विभिन्न कार्यक्रमहरु भैरहन्छन, यद्यपी युबाहरुको नया जोसले त्यसलाई मात्र छोएन युवा शक्तिको नया जोस र जगरलार्इ समेत प्रदर्शन गरे । कार्यक्रमा न्यु योर्कमा रहेका विभिन्न बुद्धिजीबी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य थिएका थिए । युवा शक्तिलाई संगठित हुनुको अर्थ, आफ्नो भेस भूसा र सस्कृतिको संरक्षण गर्ने जिम्मेवारी तथा नया सृजनाहरुलाई कसरी एकिकृत गर्ने भन्ने नया सोचहरु रहेको मन्तब्य दिंदै उपस्थित सहभागीहरुले अझ मिलेर अघि बढ्नको लागि प्रोत्साहन प्रदान गरे । कार्यक्रममा आयोजक संस्थाकै पदाधिकारीहरुले विभिन्न गीत, संगीत, नृत्य आदि प्रदर्शन गरेर मनोरन्जन प्रदान गरेका थिए । नृत्य प्रदर्शन गर्नेहरुमा संस्थाकै कोषाध्यक्ष लुना लिम्बु, गित र संगीतमा अध्यक्ष सिद्धार्थ तामांग आदि रहेका थिए भने उनीहरुले सामुहिक गीत पनि प्रस्तुत गरेका थिए ।
अहिलेका युबाहरुसंग उच्च शिक्षा हुँदा हुँदै पनि बेरोजगारीको सामना खेप्नु पर्ने , बिस्वब्यापी रुपमा युवाहरुले विभिन्न विभेदको सामना गर्नु पर्ने, बहुसंख्यक युबाहरु भोटिंग अधिकारबाट बन्चित हुनु पर्ने आदिजस्ता समस्यालाई सम्बोधन गर्नका लागि बिश्वभरी यो दिवस मानिदै आएको छ । “Building a Better World: Partnering with youth “ नाराका साथ सम्पन्न यो कार्क्रम बिश्वका विभिन्न मुलुकहरुमा सोहि दिन (Aug 12) मनाइन्छ ।
यहि बिबिध समास्याहरुलाई सम्बोधन गर्नका लागि World conference of Minister Responsible for youth (Lisbon, 8-12 Aug 1998) ले यो अर्न्तराष्ट्रिय युथ दिवस १२ अगस्तका दिन घोसना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट, आदिवासी जनजाती महासंघ अमेरिका फिप्नाका अध्यक्षा शिव कुमार रिले शुभकामना मन्तब्य दिएका थिए भने संयोजक संस्थाकी अध्यक्ष संगिनी राना मगरले युबाहरुको भूमिका र संगठित गर्नको औचित्य प्रस्ट परेकी थिइन् l कार्यक्रमको संचालन Nepalease youth association महासचिब जुबी गौचनले गरेकी थिइन् भने स्वागत मन्तब्य संस्थाकै उपाध्यक्ष करुणा लिम्बुले गरेकी थिइन् l
कार्यक्रममा नेपाल फिप्नाका प्रथम उपाध्यक्ष बिनोद पोमो, अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष अंग छिरिंग शेर्पा, शिन्दु समाजका अध्यक्ष बंसलाल तामांग, नेवा गुठीका अध्यक्ष अमात्य महर्जन, यु एस नेपालका प्रदिप थापा, एन आर एनका एन सी सी बिनोद शाह, समाज सेवी डा. तारा निरौला लगायत अन्य विभिन्न व्यक्तिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमको अन्त्यमा कार्यक्रम सफल गर्नमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा संघ संस्थालार्इ धन्यबात ब्यक्त गर्दै युवा संस्थाका अध्यक्ष सिदार्थ तामांगले कार्यक्रमको बिसर्जन गरेका थिए ।