बहु पहिचान सहितको संघीयताको पक्षमा कांग्रेस भित्रका जनजाति नेताहरु

Read Time:1 Minute, 40 Second

नेपाली कांग्रेस भित्रका जनजाति नेताहरुले पार्टीलाई संघीयताको विषयमा सुझाव दिनका लागि गठन गरेको समितिले शनिबार सुझाव प्रतिवेदन पार्टीलाई बुझाएको छ । नेपाली कांग्रेसका नेता भिमबहादुर तामाङ नेतृत्वले बुझाएको प्रतिवेदन उपर नेपाली कांग्रेस पार्टीमा छलफल शुरु भएको कांग्रेस नेता नविन्द्रराज जोशीले राज्यसत्तालाई बताए । एकल पहिचानको सट्टा बहुपहिचानमा आधारित संघीयता हुनु पर्ने सुझाव सहितको प्रतिवेदन पार्टीमा बुझाएको नेता भिम बहादुर तामाङले बताए । कांग्रेस भित्रका जनजाति नेताहरु पनि एकल पहिचानको पक्षमा र  बहु पहिचानमा आधारित संघीयताको पक्षमा गरि भिन्न भिन्न रुपमा उभिएका छन् । अहिले पार्टीमा बुझाएको प्रतिवेदन प्रति केही जनजाति नेताहरु असन्तुष्ट छन् । नेता इन्द्रबहादुर गुरुङ लगायत नेताहरु उक्त सुझाव प्रतिवेदन आफूलाई अमान्य रहेको बताएका छन् । इन्द्रबहादुर गुरुङ लगायतका असन्तुष्ट नेताहरु आदिवासी जनजातिद्धारा अन्तिम रुप पाउन लागेको पार्टीमा सामेल हुने समेत निश्चित भैसकेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %