आदिबासी जनजातिले युरोपेली संसद अगाडी घन्टौ सम्म प्रदर्शन गरे

Read Time:6 Minute, 19 Second

केजिन राई, ब्रसेल्स बेल्जियम, अगष्ट १३, नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमले ¨आदिवासी संचार, आदिवासी आवाज शशक्तिकरणू भन्ने सयुक्त राष्ट्र संघ यसबर्षको  तथा आदिवासी जनजातिको अभियान, जातिय पहिचान सहितको संघीय संविधानू भन्ने  महासंघको केन्द्रीय  नारा सहित १८ औ विश्व आदिवासी दिवसको  अवसर पारेर विभिन्न जातीय पहिचान सहितको भेषभूषा  र झाकीहरु सहित यूरोपेली  संसद भबन अगाडी प्रदर्शन गरे ।

यसै हप्ता युरोपको मुटु ब्रसेल्स बेल्जियममा रहेको युरोपेली ससद भवन अगाडी लगभग चार घण्टा सम्म थकाली ,थारु,राई(लिम्बु, गुरुंग,शेर्पा ,मगर ,तामांग तथा नेवारी भेषभूषामा आएका सयौ नेपाली आदिबासी जनजातिहरूले बिभिन्न नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

आफ्ना मागहरू संघ भित्र आबद्ध जर्मनी,बेलायत,स्पेन ,फ्रान्स,इटाली ,बेल्जियम ,नेदरल्याण्ड ,पोर्चुगल, लगायत देशका सांसदहरू र युरोपेली संघका प्रमुख अंगहरूमा ध्यानाकार्षण गराउदै उनीहरूले प्रदर्शन गरेका थिए ।

आदिबासीको माटो संगको सम्बन्धलाई मान्यता दिईनु पर्ने , अन्तराष्ट्रीय सन्धी अनुरुप नागरिक र राजनैतिक अधिकारको सुनिश्चितता गरिनु पर्ने, श्रोत र साधन माथि आदिबासीको हकको ग्यारेन्टी गरिनु पर्ने, आई एल  १६९ अभिसन्धीको सम्मान गरिनु पर्ने, जातीय पहिचान सहितको संघिय संबिधान जारि गरिनु पर्ने लगायतका माग राख्दै उनीहरूले नाराबाजी गरेका थिए ।  सो प्रदर्शनमा विश्व आदिबासी दिवस सफल पारौ ,विश्व आदिबासी एकता अमर रहोस भन्ने नारा समेत उनीहरूले घन्काएका थिए ।
प्रदर्शन लगत्तै युरोपेली संघ अध्यक्ष ,सभामुखका प्रतिनिधिले बार्ता गर्न अनुरोध गरे पश्चात आफु हरूको ११ बुदे माग सहितको दुई पृष्ठ लामो ज्ञापनपत्र आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष पेम्बा गेल्बु शेर्पाको नेतृत्वमा बुझाउन सफल भयो ।

 उनीहरूले नेपाली आदिवासी जनजातिको समस्या ,जातीय पहिचान सहितको संघिय संबिधान तथा राज्यसंग राखिएको राजनैतिक मागहरु नेपालमा लगानी गरिरहेको यूरोपेली मुलुकहरूको ध्यान केन्द्रित गर्न, सबैखाले लगानीहरुको उचित प्रयोग भए नभएको बारेमा चनाखो गराउनको लागि युरोपियन संसदका सभामुख, मार्टिन सुल्ज ,युरोपियन कमिसनका अध्यक्ष जोसे मानुअल बारासो , तथा युरोपियन संघका अध्यक्ष हेरमान भन रोम्पुयलाई ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ । 

ज्ञापनपत्र बुझाउन युरोपियन कमिसन, युरोपेली संघ, युरोपेली संसदको कार्यालयमा महासंघ संग आबद्ध र बेल्जियम सरकारद्वारा मान्यता प्राप्त भीजेडब्ल्यू तमू समाज बेल्जियमका अध्यक्ष श्रीप्रशाद गुरुंग, विश्व मगर संघ बेल्जियमका अध्यक्ष मार्के मगर ,थकाली समाज बेल्जियमका अध्यक्ष प्रविण गौचन ,थारू समाजका अध्यक्ष शोमना थारू ,सयुक्त किरात समाजका महासचिब मुना राई ,तामांग समाज बेल्जियमका सल्लाहकार जित बहादुर लामा, लगायतका व्यक्तिहरू सहभागी रहेका थिए । 

सो कार्यक्रममा संयुक्त राष्ट्र संघद्वारा जारीआदिवासी  नारा सहित नेपाली राजनीति र आदिवासी जनजातीको हक हित संग सम्बन्धित नारा हरु लगाउने र प्ले कार्डहरु प्रदर्शन गर्ने कार्य गरिएको थियो । जनप्रगतिशील मंच बेल्जियमका सल्लाहकार बिष्णु भुजेल,लिलाधर पन्त ,उपाध्यक्ष जित बहादुर लामा ,महासचिब प्रेम पाठक ,लोकतान्त्रिक गणतान्त्रिक मोर्चा बेल्जियमका अध्यक्ष कृष्ण तिवारी लागायतका ब्यक्तिहरूले पनि कार्यक्रममा एक्यबद्धता जनाएका थिए भने महासंघ अध्यक्ष पेम्बा गेल्बु शेर्पाको सयोजकत्वमा आयोजित प्रदर्शनको कार्यक्रममा सोमना थारू, राम गुरुङ , श्रीप्रशाद गुरुङ, मुना राईले आदिबासी जनजातिहरूको हक अधिकारको बारेमा सम्बोधन गरेका थिए भने कार्यक्रम महासंघका महासचिब कुल मगरले संचालन गरेका थिए । 

युरोपको राजधानीमा पहिलो पटक आयोजना गरिएको यस्ता कार्यक्रम बढी प्रभाबकारी हुने बताउदै नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष पीजी शेर्पाले आफ्ना जायज मागहरू सम्बोधन नभए आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने बताउदै ज्ञापनपत्र नेपाली दुताबास बेल्जियम मार्फत बोधार्थ नेपाल सरकारलाई पनि दिएको छ l

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %