आदिवासी जनजाति अब मगन्त होइन दाता बन्नु पर्छ : तमाङ

Read Time:2 Minute, 41 Second

आदिवासी जनजाति महासंघ हंगकंगको आयोजनामा १८ औ विश्व आदिवासी दिवस याउ मा तेइ कम्यनिटी हलमा सम्पन्न भएको छ । उक्त समारोहमा नेपाल आदिवासी जनजाति महासंघका संस्थापक सदस्य तथा पूर्व महासचिब परशुराम तमाङले सम्बोधनको क्रममा अब आदिबासी जनजाति अधिकार मगन्ते होइन सत्ताको बागडोर सम्हालेर दाता हुनु पर्ने बताए । यो कार्यको लागि आदिबासी अघि बढि सकेको र हामी एक भएमा यो दिन टाढा नभएको जिकिर गरे । किनकि देशको नेतृत्व बाहुनबादी शासकबाट अब आदिवासीले लिनेछ भने । मुसाको अधिकार शुनिश्चित गर्नको लागि बिरालोलाई नेता बनायो भने मुसाको शाखा सन्ताननै सखाप हुने हुदा अहिलेसम्म त्यही भइरहेकाले अब मुसाको नेतृत्व मुसाले नै लिन पर्छ अनि मात्रै मुसाको हरेक अधिकार सनिश्चित हुन्छ भन्दै आदिवासीको हकमा अहिलेसम्म यस्तै भयो तर अब हुन नदिने बताए । आदिवासी जनजातिको हक अधिकार हेर्ने निकायमा ७ बर्ष यू एन ओ मा समेत काम गरी सकेका तमाङले हामीले यू एन ओ संग नेपालले गरेको सन्धी र सम्झौता अनुसार अधिकार खोज्दा राज्यसत्तामा बस्नेहरुले देश र जातिय विखण्डकारीको आरोप लगाएको दुखेसो पोखे ।
अन्य अतिथिहरुमा हंगकंगका सरकारी निकायका पदाधिकारी लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रनिनिधिहरु रहेका थिए । आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम वि थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई आदिवासी जनजाति संघर्ष सहयोग समितिका सचिवालय सचिब किसन राईले सञ्चालन गरेका थिए ।
विभिन्न जातिय झाकी पनि कार्यक्रमा प्रस्तुत गरीएको थियो । तर गत बर्ष झैँ यस बर्ष भने आदिवासी बर्ष पुरुष र बर्ष महिलाको घोषणा गरीएन यस बारेमा किन यस्तो भयो भनेर सोध्दा यो विशेष कारणले भएको भन्ने जबाफ पाइयो ।
भीम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %