१२ कात्तिक, रुपन्देही
भैरहवा र बुटवल क्षेत्रमा प्रहरीको संरक्षणमा ब्यवसायीक रुपमा जुवा घर संचालन भैरहेका छन् । बिगत लामो समय देखी प्रहरीको संरक्षणमा भैरहवा बुटवल क्षेत्रमा जुवा, तास खेलाउने कार्य भईरहेपनि पछिल्लो समयमा तिहार नजिकिदै गर्दा सो क्रम झन बढेको पाईएको छ । कार्यस्थलमा खटिने प्रहरीकै संलग्नताका कारण नियन्त्रण हुन नसकेको स्रोतले जनाएको छ ।
लुम्बिनी अंचल प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट परिचालित सादा पोषाकका प्रहरीले अंचल प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक प्रकाश अर्याल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक शेर बहादुर बस्नेतको नाममा मासिक ५ लाख भन्दा बढी रुपैया जुवाघरबाट असुल गर्दै आए पनि प्रहरी प्रमुखहरुले त्यस लाई रोक्न सकेका छैनन । रुपन्देहीको भैरहवा र बुटवल क्षेत्रमा गरी ५० वटा भन्दा बढी ब्यवसायीक जुवाघर रहेको प्रहरी सोतको दावी छ । स्रोतका अनुसार बुटवलमा राजु भनिने ब्यक्तिले सबै भन्दा ठुलो रुपमा जुवा घर संचालन गरेका छन भने अन्य ३० वटा भन्दा बढी घरमा जुवा संचालन हुने गरेको बताइएको छ ।भैरहवाको श्रद्धापथ, ज्योतिपथ, हाटबजार क्षेत्र राधा कृण्ण मन्दिर नजिकै, एयरपोर्ट नजिक लगाएतका क्षेत्रमा पनि ब्यवसायिक रुपमा जुवाघर संचालनमा रहेका छन् ।
गोविन्द घर्ति रुपन्देही