काठमाडौ, आश्विन १३
 शाहीकालीन मन्त्री राधाकृष्ण मैनालीले    बुधबार उनले औपचारिक रुपमा  माओवादीमा प्रवेश गरेका छन् । पार्टी मुख्यालय  पेरिसडांडामा आयोजित  कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल  दाहालले उनलाई  स्वागत गरेका थिए ।   राजाको प्रत्यक्ष शासनलाई सर्मथन गर्नु ठूलो भुल  भएको भन्दै उनले   आत्मआलोचना गरेका छन् ।
  शाहीकालमा  शिक्षामन्त्री भएका मैनाली त्यस अघि एमाले स्थायी कमिटि सदस्य  समेत थिए ।   झापा आन्दोलनका चर्चित नेता मैनाली यस अघि नै माओवादी अध्यक्ष  पुष्पकमल   दाहाल  समक्ष  आफू बामपन्थी राजनीतिमा सक्रिय रहने इच्छा व्यक्त  गरेका थिए  ।
मैनालीले बामपन्थी राजनीतिमा सक्रिय हुने व्यक्त इच्छा व्यक्त गरेपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई माओवादीमा प्रवेश गर्न आग्रह गरेका थिए ।
