राष्ट्रीय जनमुक्ती पार्टी संपर्क मंच बेलायतको बार्षिक भेटघाट कार्यक्रम

Read Time:4 Minute, 9 Second

६ अगस्ट्,स्यान्ढस्ट्, दी हो ( The HO)

गत ४ अगस्ट शनिबारका दिन फिरिम्ली लज पार्कमा राष्ट्रीय जनमुक्ती पार्टीको संपर्क मंच बेलायत ( दि हिमालयन ओर्गनाइजेशन ) द्वारा आयोजि बार्षिक भेट घाट तथा बिबिक्यू पिक्निक भब्य रुपमा  शफल भयो । भारी बर्षा हुने भनियतापनि दिनभर मौसम अति राम्रो रह्यो ।बिभिन्न संघसंस्थाका प्रतीनिधीहरु, आदिवासी जनजाती माहासंघका प्रतीनिधीजिउहरु र रास्ट्रीय जनमुक्ती पर्टिका नेतागंणहरू ,कार्यकर्ता र शूभचिन्तकहरुको बाक्लो उपस्थिती थियो। बिबिक्यूको स्वादसंगसंगै जातिय मुक्तिको लागी अब नेपाली आदिवासिहरूले एकजूट  भएर कशरी राज्य सत्तामा पुग्न सकिन्छ भन्ने बारेमा आ आफ्नो मनतब्य राख्नु हुनेमा मगर संघका  उपाधक्ष दुत पून्, तमुधिका अध्यक्ष मुक्षेत्र गुरुङ्ग र उपाधक्ष कमल उरुङ्ग्, खम्बा तिम्बाका पूर्व अधक्ष्य जगत बहादुर राइ ,सुनुवार समाजका अधक्ष जङ्गा सुनुवार्,किरात राइ या योक्खाका,गङ्गादेवी राइ,मद्धत समुहका अध्यक्ष क्याप्टेन हरिबहादुर थापा,आदिवासी जनजाती महासंघ बेलायातका संघिय परिषद सदस्य रिम गलामि,नेपाली जनसंपर्क समितिका भिम राइ,युबिजिएका  रामकाजी राइ,र ज्ञान राज राइ, राजमुपाका बिगत संबिधान सभाका प्रत्यक्ष तर्फका उम्मेद्वार पुर्ण बहादुर गुरुङ्ग्, दल बहादुर बुढा मगर , राजमुपाका रास्टृय स्वतन्त्र महिला संगठन रुपन्देही क्षेत्र नं ४  का पर्तेक्ष उम्मेद्वार क्ष्रीमती कमला थापा र नवल परासी क्षेत्र नं ४ का बिगत संबिधान सभाका उम्मेद्वार केहर्सिंग राना,जन शक्ती पार्टीका पूर्व सभासद अर्जुन राइ, राष्ट्रीय जनमुक्ती पार्टी बिदेश बिभाग युरोप क्षेत्र का इन्चार्ज थर्क राना र दि हिमालयन अर्गनाइजेशनका अधक्ष भरत थापा हुनुहुन्थ्यो । कार्यक्रम शफल पार्न मद्धत गर्नुहुने तृश्ना राना, निर्मल राना, सोभा राना,हेमालक्षिमी थापा,डोर बहादुर थापा,कुमार थापा,नेत्र आले,क्ष्रीमती प्रेम तामाङ्ग्,हिमाली राना, लगायत प्रतेक्ष अप्रतेक्ष सहयोग पुर्याउनुहुने शबैमा आयोजक शमिती तथा कार्य समिती धेरै धन्यबाद दिन चाहन्छ । उक्त भेलाले नेपालको अवस्था र माटो सुहांऊदो राज्य  प्रणालिको  अवधारणा राष्ट्रीय जनमुक्ती पार्टीले आज भन्दा २२  बर्ष पैलानै प्रतिपादन गरिसकेको हुनाले यो पार्टी अहिले आकर्षण को केद्रबिन्दु बनेको  छ तेस्कारण साना साना पार्टी हरु खोल्नु भन्दा सबै जातिय मुक्तिगामी नेपाली हरु आउनुहोश राजमुपा हार्दिक स्वागत गर्दछ भन्दै बेलायतमा पनि आदिवासी हरुको बृहत मोर्चा गराएर आदिवासी जनजाती हरु एक हुन ढिला गर्न नहुने कुरामा एकमत जनाइएको थियो l

 T.Rana/K. Thapa
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %