चौथो जनजाति प्रधानसेनापतिको कार्यअवधि सकिदै

Read Time:1 Minute, 31 Second

आधुनिक नेपालका चौथो जनजाति प्रधानसेनापति छत्रमान गुरुङको कार्यवधि सकिदैछ । उनी यहि साउनदेखि विदामा बस्दैछन् । उनी पछि नेपाली सेनाको ५१औं सेनापतिको रुपमा गौरवशमशेर जवरा नियुक्त हुदैंछन् । उनी अहिले कायममुकायम सेनापतिको रुपमा छन् ।
आधुनिक नेपालको प्रथम प्रधानसेनापति ( काजी भनिन्थ्यो ) विराज थापा मगर विस १८०० देखि १९०१ सम्म बहालवाला थिए । त्यसपछि ३ महिनाको लागि सर्वजित राना मगर ( विस १८४२ ) प्रधानसेनापति भएकाथिए । तेश्रो जनजाति सेनापतिको रुपमा अभिमानसिंह राना मगर ( विस १९०२–१९०३ ) नियुक्त भए । गणतन्त्र स्थापनापछि चौथो जनजाति प्रधानसेनापतिको रुपमा छत्रमानसिंह आएकाथिए ।  तर उनलाई सेनापति नदिई रोलक्रममा उनी भन्दा पछाडि रहेका कुलबहादुर खड्कालाई सेनापति नियुक्त गर्न तत्कालिन एमाओवादी सरकार टुप्पी कसेर लागेकोथियो । यद्यपि यसमा उ असफल भएकोथियो । बरु उल्टै प्रधानमन्त्री प्रचण्डले राजिनामा दिनु परेकोथियो ।
यी जनजाति सेनापति बाहेक अरु सबै क्षेत्री समुदायका प्रधानसेनापतिहरु हुन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %