नेपाली एसोसिअशन यु के द्वारा सुविन्दन कप खेलाइयो

अनिता राना, यु के, महिला भलिबलको ४ समुहमा रिता शाहीको समूह ले कप जित्न सफल भएको छ l पुरुष तर्फ १६ समूह सहभागी भएका थिए l जस्मा एस सी  थुम्बाले कप हात परेको छ तेस्मा पनि १८  वर्ष मुनिको समुहमा रिदिंग समूह बिजेता भएको छ l युवा देखि बुढाहरु सम्म सहभागी उक्त कप निकै हेर्न लाएक भएको थियो l बिजेताहरुले पुरस्कार र प्रमाण पत्र पाएका थिए l


नेपाली एसोसिअशन यु केका अध्यक्ष धन बुढाथोकी मगरको अध्यक्षतामा कार्यक्रम सचिब भोला बिक्रम राईले संचालन गरेका थिए l सुविन्दनदेखि धेरै टाडाबाट पनि नेपाली दाजुभाई दिदि बहिनीहरु खेल्न र हेर्नको लागि आएका थिए l  अर्को तिर फेरी महिलाहरुले पनि भलिबल जोडतोडका साथ खेलेका  थिए l  खानाको लागि पनि हरेक किसिमका परिकार महिला दिदि बहिनीहरुले तयार परेका थिए l आमा समूहहरुले पुरानो गीत सालैजो दोहोरि गाएर मनोरंजन दिएका थिए l