अरुण थापा स्मृति पुरस्कार समाललाई

Read Time:1 Minute, 0 Second

 

दिवंगत गायक अरुण थापा मगरको सम्झनामा स्थापना गरिएको अरुण स्मृति संगीत पुरस्कार गायक तथा संगीतकार बलराम समालले प्राप्त गरेका छन् । नेपाल नाट्य संगीत प्रतिष्ठानका सदस्य सचिव अर्जुनप्रसाद फुँयालले समाललाई ललितपुरमा आयोजित कार्यक्रममा रु ५ हजार र ताम्रपत्र प्रदान गरे ।

कार्यक्रम आयोजक नेपाल मगर विद्यार्थी संघकी अध्यक्ष रेणुका काउछा मगरले अरुण थापा मगरलाई राज्यले उचित सम्मान नदिएकोमा कडा विरोध गरेकी छन् । सम्मान कार्यक्रममा खड्ग गर्वुजा, तारा थापा, कविता आलेलगायतले अरुण थापाको स्मृतिमा गीत संगीत प्रस्तुत गरेका थिए ।
 
तिलिसरा राना, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %